Websoft University

गहते स्कुल सञ्चालनमा महायज्ञ


कमल रायमाझी–बल्ढेङगढी (पाल्पा), पुस १९ गते । रातो तारा डट कम, पश्चिम पाल्पाको बिकट गाउँ रैनादेवी छहरा वडा नम्बर ७ को बल्ढेङगढीमा रहेको गहते निम्न माध्यामिक बिद्यालय सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिने भएको छ ।

यहि फागुन २३ गते देखि २९ गते सम्म सञ्चालन हुने महायज्ञ स्कुल हाता भित्रनै हुने महायज्ञ मुल समारोह समितिका संयोजक तथा रैनादेवी छहरा वडा नम्बर ७ का वडा अध्यक्ष देबेन्द्र पुनले जानकारी दिए । पुनले स्कुल सञ्चालन गर्नका लागि शैक्षिक, भौतिक र आर्थिक पक्षलाई बलियो बनाउनका लागि महायज्ञ गर्न थालिएको जानकारी दिदै सवै पक्षको सहयोगको अपेक्षा गर्नु रहेको बताए ।

महायज्ञ सञ्चालनका लागि महायज्ञ मुलसमारोह समिति गठन गर्नुका साथै उपसमिति समेत गठन गरिएको स्थानिय समाजसेवी टोप बहादुर थापाले बताए । समाजसेवी थापाले सरकारी तह वाट स्कुलको बिकासमा कुनै सहयोग नआएकाले स्थानियहरुको सहकार्य र सल्लाहमा महायज्ञ सञ्चालन गरि स्कुलको भौतिक पुर्वाधार निर्माण गर्नुका साथै शैक्षिक गुणस्तरको बिकास गर्ने लक्ष्य रहेको जानकारी दिए ।

ग्रामिणक्षेत्रका स्कुल र बिद्यार्थीह?लाई सरकारले समानताको रुपमा हेपेको बताउदै रैनादेवी छहरा ७ काउले निवासी युवाराज सापकोटाले अवका दिनका शिक्षालाई महत्वका साथ अगाडी बढाउनुपर्नेमा स्थानिय सरोकारवालाहरुले सोच्नु पर्ने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.