Websoft University

‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत पालिका स्तरीय बैठक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न।


शिव भट्टराई,मोरङ पुस २५ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित हसिना सभाहलमा शुक्रबार 'समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत पालिका स्तरीय बैठक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख एवं ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत पालिका स्तरीय  समितिका संयोजक शिव प्रसाद ढकालको संयोजकत्वमा बसेको पालिका स्तरीय बैठकमा समसामयिक शान्ति सुरक्षा, चोरी, घरेलु हिंसा, लागू औषध, साईबर क्राईम सम्बन्धी विषयहरूमा अन्तर्क्रियात्मक कार्यक्रम गरी उक्त विषयहरूमा  स्थानीय सरकार, निर्वाचित जनप्रतिनिधिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघ-संस्था, स्थानीय भद्रभलाद्मी , महिला अधिकारकर्मी, पत्रकार,  समितिका सदस्यहरू एवं  समुदायले खेल्नुपर्ने भूमिका सम्बन्धमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरीएको थियो। सो कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख गणेश दाहाल, प्रहरी निरीक्षक श्री गुणराज बुढाथोकीले उठेका प्रश्नहरूको जवाफ दिँदै प्रगति विवरण समेत प्रस्तुत गर्दै सो कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बेलबारीका इन्स्पेक्टर बुढाथोकिले प्रहरीले अहिले गर्दै आइरहेको गतिविधी साथै यो क्षेत्रमा भईरहेको शान्ती सुरक्षा स्थिती बारेमा जानकारी गराएका थिए । उनले बेलबारी, सुन्दरहरैचा, ग्रामथान र केराबारीका जनतालाई सुरक्षा दिन प्रहरी सक्षम रहेको बताउदै प्रहरी जनताको सुरक्षाको लागि २४ घण्टा खटिरहेको बताएका थिए । उनले पछिल्लो समय मोबाइल र मोटरबाइक चोरीको घटना बढ्दै गएका कारण जिल्ला प्रहरी कार्यालय मोरङले अप्रेशन ट्र्याप अभियान सञ्चालन गरि मोबाइल र मोटरसाइकल चोरी गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको बताएका थिए ।

उक्त कार्यक्रममा उपस्थित भएका अधिकांश व्यक्तिहरुले प्रहरीले विभिन्न घटनामा झुटा मुद्दा लगाई निर्दोश व्यक्तिलाई फसाउने, ठूलो चोर भन्दा साना चोरले दुख दिएको, प्रहरीले टोलल टोलमा प्रहरी समुदाय सग कार्यक्रम चलाउनु पर्ने, प्रहरी हुने खाने र धनी वर्गको लागि मात्र भएको , जस्ता गुनासो गरेका थिए भने केही व्यक्तिहरुले प्रहरीले देखाएको अहिलेको सकृयता र यस क्षेत्रमा प्रहरीले चालेको शान्ति सुरक्षा व्यवस्थाको र प्रहरीलाई शान्ती सउरक्षा कायम राख्न विभिन्न अपराधिक घटनाहरुको सुचना जनताले पनि दिनु पर्ने बताउदै प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले यस नगरको शान्ती सुरक्षा प्रहरीले व्यवस्थित तरिका बाट गरेको बताउदै प्रहरीको प्रशंसा गरेका थिए । उनले प्रहरीले दिएको राजश्व तथ्यांक हेर्दै अहिले सम्मकै अत्यन्तै उपलब्धी मुलक रहेको बताएका थिए ।

उनले अपराधिक घटनाहरुको विषयमा सुन्दरहरैचा शान्ती क्षेत्र रहे पनि अहिले चोरीको घटनाहरु दिनप्रतिदिन बढ्दै गएको बताउदै प्रहरीको ध्यानाकर्षण गराएका थिए । उनले पछिल्लो समय ईलाका प्रहरी कार्यालय बेलबारीमा प्रोफेसनल प्रहरीको उपस्थिले पनि यस क्षेत्रको शान्ती सुरक्षा मजबुद रहेको बताएका थिए ।

सो अन्तर्क्रिया कार्यक्रममा सुन्दर हरैचा नगरपालिकाकी उपप्रमुख धना तामाङ, वार्ड नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, वार्ड नं ५ का वडाध्यक्ष राम रिजाल,वार्ड नं १ का वडाध्यक्ष विनोद बस्नेत, महिला अधिकारकर्मी माइती नेपालकी अध्यक्ष नारायणी भण्डारी  लगायतको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.