Websoft University

धनुषा टिपरको ठक्करले एकको मृत्यु-प्रहरीले हान्यो १० राउन्ड असुर ग्यास


बिराटनगर । रातो तारा डट कम,धनुषामा मर्निङवाक गएका युवाको टिपरले किचेर हत्या गरिएको छ । मिथिला नगरपालिका -५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई शुक्रबार बिहान साढे चार बजेतिर मर्निङ वाकमा गएका बेला टिपरले किचेको हो ।

टिपरले किचेर युवकको हत्या गरिएको विरोधमा आन्दोलन चर्केपछि धनुषा तनावग्रस्त बनेको छ । तनाव उत्पन्न भएपछि प्रदर्शनकारीलाई तितरवितर पार्न १० राउण्ड अश्रुग्याँस प्रहार गरिएको छ ।

शुक्रबार बिहान छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

प्रहरी अधिकारी र स्थानीय प्रत्यक्षदर्शीले लामो समयदेखि उत्खननको विरोध गर्दै आएका महतोको नियोजित रुपमा हत्या गरिएको बताएका छन् । घटना लगतै प्रहरी पुगेर शव बरामद गरेको छ । टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनापश्चात् ट्रिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाउँलाई नै जोखिममा पर्ने गरी औरही(बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन्को दिलिपको नेतृत्वमा गाउँलेले विरोध गर्दै आएको थिए ।नागरिक टायम्सबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.