काठमाण्डौ पुस २५ गते । रातो तारा डट कम, पौष २४, विर्तामोड निजी तथा आवासिय अर्गनाइजेसन झापाको २० औँ वार्षिकोत्सबको उद्घाटन समारोहलाई प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले पानसमा दीप प्रज्जलन गरी औपचारिक उद्घाटन गर्नु भएको थियो । बार्षिकोत्सब कार्यक्रम भनिएको कार्यक्रममा प्याब्सन जिल्ला कार्य समितिका अध्यक्ष एल.पि.उप्रेतीले ‘निजी विद्यालयको योगदान, अवसर, चुनौती र सम्भाव्यता विषयक अवधारणा–पत्र’ प्रस्तुत गर्नु भएको थियो ।
उक्त अवधारणा माथि टिप्पणी गर्दै प्याब्सन केन्द्रको तर्फबाट गोविन्द लम्सालले सरकारले निजी विद्यालयका लगानी कर्तालाई असहज वातावरण स्रिजना गर्दै लगेको दुखेसो पोख्नु भएको थियो भने नेकपा झापा शिक्षा विभाग प्रमुख सीताराम अधिकारीले गुणस्तरीय शिक्षा अनुकूलको शुल्क निर्धारण गर्ने अधिकार प्याब्सनमा निहित हुनुपर्ने बताउनु भएको छ । रा.प्र.पा.नेपालका सह–महामन्त्री भक्ति सिटौलाले सामुदायिक विद्यालय राजनीतिकर्मीको अखडा बनेकोले विद्यार्थीको भविष्य निर्माणमा प्राइभेट स्कुलह?ले थप योगदान दिनुपर्ने बताउँनु भएको छ ।
अवधारणा पत्र माथि टिप्पणी गर्दै व्याङ्ग्यत्मक शैलीमा संविधान सदस्य मा.दिपक कार्कीले निरन्तर राजनीतिक परिवर्तन भएपनि अहिलेसम्म राज्य सुकिलामुकिला कै हातमा रहेकोले आसातीत परिवर्तन हुन नसकेकोले बताउनु भएको छ । मा. डा. चन्द्र भण्डारीले शिक्षाको दिशा निर्धारण गर्न नसकेको विषम परिस्थितिमा नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्नु पर्ने कुरा औल्याउनु भएको छ । प्रमुख अतिथि प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्युले विधि निर्माण गर्ने क्रममा विशेषज्ञता हाँसिल गरेका निकायसँग छलफल र परामर्श नगरी सरकारले विधि निर्माण नहुने कुरा बताउनु भएको थियो ।
राष्ट्रको अब्बल ?पमा रहेको प्रदेश नं. १ लाई बौद्धिक रुपमा पनि एक नम्बर नै बनाउन सबै लागि पर्नुपर्ने बताउँनु भएको छ । कार्यक्रमको अध्यक्षता प्याब्सन जिल्ला कार्य समितिका अध्यक्ष एल.पि.उप्रतिले गर्नु भएको थियो ।
Post a Comment