Websoft University

भारतीय नागरिक सहित ७ जना पक्राउ


काठमाण्डौ पुस २५ गते । रातो तारा डट कम,एक भारतीय नागरिक हत्या गरेको आरोपमा ७ जना युवालाई जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले पक्राउ गरेको छ । मेलम्ची नगरपालिका वडा नम्बर १० चप्लेटीका पाखामा मृत अवस्थामा भेटिनुुभएका भारतको विहारका राज कुमार मुखियाको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । अभियुक्तहरु मादक पदार्थ सेवन पछि झगडा हुँदा गम्भीर घाईते भएका मुखियाको मृत्यु भएपछि पाखामा लास फालि फरार भएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा पर्सा विरगन्ज महानगरपालिका बस्ने वर्ष २७ का प्रेम यादव, भोला माझी साह,  ५३ वर्षका राजेश मेष्तर, वर्ष ४८ का राजन शाह, वर्ष ३५ का अशोक शाह,२५ वर्षका विनोद पासवान र रुपन्देहि तिलोत्तमा नगरपालिका ठेगाना भएका ३६ का सन्तोष थापामगर रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनले बताउनुभयो । पुस ७ गते  इन्द्रावती गाउँपालिका ५ लामाटोलका पुर्ण बहादुर तामाङको घर ढलानको काम सकेर मेलम्ची तर्फ फर्कने क्रममा मुखियालाई उनिहरुले कुटपिट गरेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.