Websoft University

सरस्वती पुजा नजिकिदै गरेका बेला मुर्तिकारहरुलाई मुर्ति बनाउन भ्याइ नभ्याइ


काठमाण्डौ पुस २३ गते । रातो तारा डट कम,सरस्वती पुजा नजिकिदै जांदा रौतहटका मुर्तिकारहरुलाई यतिखेर मुर्ति बनाउन भ्याइन भ्याई भएको छ । यस वर्षको सरस्वती पुजा आउँदो माघ १६ गते विहिवारका दिन रहेको छ । सरस्वती पुजा आउँन अब तिन सातामात्रै बाँकी रहेकोले मुर्तिकारहरु सरस्वतीको मुर्ति बनाउन निकै व्यस्त भएको देखिएको छ ।  प्रत्येक वर्ष विद्यार्थीहरुले श्रीपञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पुजा आराधना गर्ने गर्दछन् पुजाको लागि माटोबाट बनाईएको सरस्वती माताको मुर्तिको आवश्यक्तापर्दछ । सरस्वतीको मुर्ति बनाएरै राम्रो आम्दानी लिन र व्यवसाय प्रवद्धनको लागि यहाँका कालिगढहरु यतिखेर सरस्वतीको मुर्ती बनाउन व्यस्त भएका हुन् । माता सरस्वतीको पुजा अर्चनामा मुर्तिको प्रतिमाको आवश्यक्ता पर्ने भएकाले जिल्लाको गरुडा, मलाहिटोल, कटहरिया, चन्द्रनिगाहपुर, मौलापुर, शिवनगर, हर्षाहा, सदरमुकाम गौर सहित बिभिन्न स्थानमा सरस्वती माताको मुर्ति बनाउन कालिगढहरु लागेका छन् ।  एउटा सरस्वातीको मुर्ति तीन हजार देखि लिएर पाच हजार सम्ममा बिक्रि हुने गरेको मुर्तिकारहरुले बताएका छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.