Websoft University

आगन्तुक चरा रारामा आउन थाले


काठमाण्डौ पुस २३ गते । रातो तारा डट कम, नेपालको सबैभन्दा ठूलो ताल रारामा बसाइँसराई गरी आएका विदेशी चराले भरिभराउ हुन थालेको छ । हिउँदको समयमा युरोप, साइबेरिया, तिब्बत र भारतका विभिन्न ठाउँबाट रारामा चरा आउने गरेको छ  । सिमसार क्षेत्रमा पाइने करिब ४९ प्रजातिका चरा बर्सेनी रारा पुग्ने गरेको गर्छन् । तीमध्ये अहिलेसम्म २० प्रकारका आगन्तुक चरा रारामा पुगेको रारा राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिनुभयो । विदेशी चरा रारा आउन थालेसँगै पर्यटकिय गतिविधि पनि बढ्दै गएका छन् । रारामा हाँस प्रजातिका चरा मंसिरदेखि नै पुग्न थालेको हो । आएकाचराहरु चैतपछिभने फर्किर्ने अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार जाडो मौसम सकिएसँगै सबै चरा आफ्नै बासस्थान फर्कने गरेका छन्  । चिसो मौसममा पनि राराको पानी तातो हुने भएकाले आगन्तुक चराको आकर्षण यस क्षेत्रमा हुने गरेको विज्ञहरु बताउँछन्।आगन्तुक चराहरु करिब पाँच महिनासम्म रारा क्षेत्रमा बस्ने गरेका छन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.