Websoft University

रेडियो धादिङ १३ औं वर्षमा प्रवेश


काठमाण्डौ पुस २१ गते । रातो तारा डट कम,धादिङ जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्ज आजबाट १३ औं वर्षमा प्रवेश गरेको छ । ‘समुदायको लागि समुदायको आवाज’ भन्ने मूल नाराका साथ विविध जाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा निरन्तर अगाडी बढिरहेको रेडियो धादिङले १३ औं वर्ष प्रवेशको अवसरमा आज बिहान ११ बजेदेखि समाज रुपान्तरणमा रेडियो धादिङ विषयक छलफल, अन्तक्रिया तथा सुझाव संकलन कार्यक्रम गर्दैछ । 

ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियोले २०६४ साल पौष २१ गतेदेखि धादिङवेसीबाट आफ्नो नियमित प्रशारण सुरु गरेको थियो । हरेक दिन बिहान ५ बजेदेखि राती १० बजेसम्म नियमित १७ घण्टा प्रशारण हुँदै आएको रेडियोले अहिले प्रत्येक दिन नेपाली भाषाका खबर ६ बुलेटिन प्रसारण गरिरहेको छ । 

साथै नेपाली, तामाङ भाषामै विभिन्न कार्यक्रमहरु प्रसारण गरिरहेको छ । यात्रामा निस्कने सर्वसाधारणको हितलाई ध्यानमा राखेर रेडियो धादिङले प्रत्येक २÷२ घण्टाको फरकमा राजमार्ग खबर पनि प्रसारण गर्दै आएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.