Websoft University

गोलभेडा खेतिमा लाग्ने किसान हर्षित


काठमाण्डौ पुस १२ गते । रातो तारा डट कम,व्यवसायिक टमाटर खेति गर्दै आएका कपिलवस्तु मधवानगरका किसान स्थानीय सरकारको आर्थिक र प्राविधिक सहयोग पाएपछि खुशी भएका छन् । साथै व्यवसायिक रुपमा गोलभेडा खेतिमा लाग्ने किसानको सङ्ख्या समेत बढेको छ । उत्पादन पनि राम्रो हुने र बजार पनि राम्रो पाएपछि कपिलबस्तु बिजयनगरका किसान व्यवसायिक टमाटर खेतिमा लागेका हुन् ।स्थानीय खडक बहादुर थापाले व्यवसायिक रुपमा टमाटर सहितको तरकारी खेति गर्न थालेको आठ वर्ष बितिसकेको जानकारी दिनुभयो । अहिले स्थानीय किसानहरु तरकारी व्यवसायसँगै कुखुरा पालन समेत गरिरहेका छन् । स्थानीय सरकारले प्रोत्साहनसँगै अनुदानका कार्यक्रम ल्याउनुपर्ने किसानहरुले बताएका छन्  । स्थानीय सरकारले पनि किसान केन्द्रित कार्यक्रम गरिरहेको बिजयनगर गाउँपालिकाका अध्यक्ष  गोपाल बहादुर थापाले बताउनुभयो । बेरोजगार युवालाई व्यवसायिक तरकारी खेतिमा आकर्षित गर्न सरकारी सहयोग र प्रोत्साहन महत्वपूर्ण हुने किसानहरुले बताएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.