Websoft University

भुक्तानी नपाएपछि उखु खेती छोड्दै किसान


काठमाण्डौ पुस १२ गते । रातो तारा डट कम,सरकारले उखुको मूल्य प्रति क्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ । यसवर्षका लागि पनि सरकारले गतवर्षकै समर्थन मूल्य कायम गरेको हो । पुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय नियमित पत्रकार सम्मेलन गरि सरकारले सार्वजनिक गरेपछि कृषकहरुको निर्णय आएको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उखुको न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदानसमेत गरी चालू आर्थिक वर्षको खरिद मूल्य निर्धारण गरिएको बताउनुभएको हो । तर किसानहरुले भने वर्षौदेखिको लाखौं रुपैयाँ मिलले भुक्तानी नगर्दा पनि सरकारले वास्ता नगरेको भन्दै अब उखु खेती छोड्ने चेतावनी दिएका छन् । 

सर्लाहीका उखु किसान अजित सिंहले तीन वर्षदेखिको उखुको मुक्तानी १३ लाख रुपैयाँ मिलले नदिएको भन्दै अर्को वर्षदेखि उखु खेती छोड्ने निर्णयमा आफू पुगेको सीआईएनसँग बताउनुभयो । उखुको समर्थन मूल्य किसान र उद्योगीहरुसँगको छलफलबाट नै तोकिएको कृषि मन्त्रालयले दाबी गरेपनि आफूहरुसँग छलफल नभएको उखु किसानको गुनासो छ । समर्थन मूल्यमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान सरकारले उपलब्ध गराउनेछ भने बाँकी ४ सय ७१ रुपैयाँ २८ पैसा रकम चिनी उद्योगीले किसानलाई उपलब्ध गराउने छन् ।

सीआईएनसँग कुराकानी गर्दै नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतिले भने गत वर्षकै अनुदानको अरबौं रुपैयाँ किसानले नपाएका भन्दै असन्तुष्टि जनाउनुभयो । उखु किसानले अघिल्लो वर्षकै एक अर्ब ३५ करोड अनुदानको रकम पाउन बाँकी छ । झन्झटिलो कागजी प्रक्रियाका कारण किसानले अनुदानको रकम लिन समस्या भएको उपे्रतिले बताउनुभयो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.