Websoft University

साजिलाल मा बि को ५४ बार्सिकोत्सव आज सम्पन्न


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैचा ६ मा रहेको साजिलाल मा बि ले आफ्नु ५४ औ बाषिकोत्सव तथा अभिभाबक दिवस भव्यतापूर्वक सम्पन्न गरेको छ।दुई दिन सम्म चलेको सो कार्यक्रमको हिजो उद्घाटन भइ आज सोमबार समापन भएको हो।

कार्यक्रममा संघीय सांसद तथा पुर्व मन्त्री लालबाबू पन्डितले कार्यक्रममा बोल्दै प्रमुख अतिथी पण्डितले विद्यालयको गतिविधि सन्तोषजनक रहेको , विद्यालय लाई नमुना विद्यालय बनाउनमा संघको पूर्ण सहयोग रहने र यसका लागि ब्यात्तिगत रुपमा आफुले गर्ने सक्दो सहयोग गर्ने तयार रहेको बताउदै विद्यालयले अझ प्रगती गर्दै जाओस् भनी शुभकामना समेत व्यक्त गरेका थिए।

यस्तै अतिथिहरुमा प्रदेश न १ का प्रदेश साम्सद राजकुमार ओझा, बाबुकृष्ण दाहाल , जीवन कुमार राई, चैतान्य प्रसाद सिटैला लगायत समाजसेवी, बुद्धिजीवी तथा शिक्षाबिद हरु को उपस्थिति रहेको थियो भने विद्यालयको बार्सिक प्रतिबेदन प्र अ कल्याण सिटौला ले प्रस्तुत गरेका थिए।
व्यवस्थापन समिति अध्यक्ष गिता शर्मा घिमिरेको सभापतित्व रहेको थियो।

विद्यालयले दाता हरु लाई सम्मानपत्र बितरण , बार्सिक कार्यक्रम तथा बर्ष भरी का कार्यक्रम मा प्रथम , दितिय , तृतीय  हुने विद्यार्थीहरु लाई पुरस्कार वितरण, अतिरिक्त क्रियाकलाप मा बिजयी विद्यार्थी हरु लाई पुरस्कार बितरण , साजिलाल को सालिक मा माल्यार्पण  ,NCC का विद्यार्थीहरु द्वारा सलामी अप्रण तथा नृत्य प्रस्तुत , शिक्षक सम्मान तथा विभिन्न संस्कृतिक कार्यक्रम साथै मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

आजको कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट हुने बिद्यार्थी हरु लाई पुरस्कार बितरण , अक्षयकोष छात्रवृत्ति बितरण , राष्ट्रिय सेवादलका बिद्यार्थीहरु को प्रस्तुती रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरुलाई अक्षयकोष समेत घोषणा गरिएको थियो।त्यस्तै बासुदेव पोखरेल ५१ हजार ,श्रवण कुमार भट्टराई एकलाख एकहजार , पिताम्बर दाहाल रु दुइ लाख को अक्षय कोष स्थापना भएको थियो भने कार्यक्रम को सन्चालन शिक्षक श्याम भट्टराई ले गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.