Websoft University

मोरगंको सुन्दरहरैचा ७ गोठगाउँमा विन्दवासिनीको १८ हात भएको मन्दिर स्थापना गरिएको छ

शिव भट्टराई, मोरङ मंसिर १ गते । रातो तारा डट कम, मायारुपी भगवती बुढीबजुको मन्दिर स्थापना गरि पुजापाठ गर्दै आएका स्थानिय जीवनाथ भट्टराईको अग्रसरतामा सोही ठाउँमा १८ हात भएको विन्दवासिनीको मन्दिर निर्माण गरिएको हो ।

२०५१सालमा मायारुपी भगवती बुढीबजुको मन्दिर निर्माण गरी पुजापाठ गर्दै आएका धार्मिक व्यक्तित्व भट्टराईले सपनामा १८ हात भएको विन्दवासिनीको मन्दिर देखेपछि सोही अनुसार मन्दिर निर्माण गरिएको जनाइएको छ ।

आफनो उमेरको सात वर्ष देखि नुन र अन्न त्याग गरेर धार्मिक कार्यमा सक्रिय रहदै आएका भट्टराईको मन्दिर स्थापना गर्ने कार्यमा भक्तजनहरुले समेत सहयोग जुटाएको भट्टराईका छोरा शिव भट्टराईले जानकारी दिए ।

सपनामा आफुले मन्दिर वनाएको देखेपछि तीन वर्ष लगाएर सहयोग जुटाउने काम तथा मुर्ति वनाउने कार्य सकेर ब्राह्मणहरुलाई वेद पढाएर विन्दवासिनीको मुर्तिको प्राणप्रतिष्ठान गरी पुजा अचर्ना सुरु गरिएको मन्दिरका संस्थापक जीवनाथ भट्टराईले वताए । भट्टराईले आफनै निजी जग्गामा मन्दिर वनाएर पुजाअर्चनाका लागि सवैलाई खुल्ला गरेका हुन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.