Websoft University

आफ्नो देशको सीमाना रक्षा गर्न सरकार सक्षम–ठगी गर्ने मेडिकल कलेजलाइ कारबाही हुने –प्रधानमन्त्री ओली



काठमाण्डौ मंसिर १गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क ठगी नै भएको बताउँदै ठगी गर्नेलाई कारवाही गर्ने बताउनुभएको छ । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा सरकार बन्नुअघि नै मेडिकल कलेजले विद्यार्थीबाट करोडसम्म उठाएको बताउनुभयो । मेडिकल कलेज नियम कानुनभित्र बस्नुपर्ने भन्दै प्रधानमन्त्रीले कति लागतमा विद्यार्थी पढाउन सकिन्छ भन्ने तय गर्न सकिने तर विद्यार्थी माथिको ठगी सैहृय नहुने बताउनुभयो । 

मेडिकल कलेज सञ्चालकले अकुत नाफा कमाएको भन्दै त्यसलाई छुट नदिइने पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । यस्तै प्रधानमन्त्री ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताउनुभयो । सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सरकार सक्षम रहेको भन्दै प्रधानमन्त्री ओलीले संसार सामु शान्तिप्रिय छवि भएको नेपालले आफूले पनि कसैको एक इन्च जमिन नमिच्ने र अरुलाई पनि आफ्नो जमिन मिच्न नदिने बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.