Websoft University

कुवेतमा थुनामा रहेका २१ जना नेपाली तत्तकाल ल्याउने पहल गर्न सरकारलाई समितिको निर्देशन


काठमाण्डौ मंसिर २ गते । रातो तारा डट कम,संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल नेपाल फिर्ता गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएकोछ । 

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सिंहदरबारमा बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो । 

कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ । थुनामा राखेका उनीहरुको दण्ड जरीवाना तिरेर भएपनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिनुभयो । 

थुनामा रहेका ती नागरिकका लागि ५४ लाख रुपैयाँ जरीवाना तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दूतावासको भनाइ छ । त्यसैगरी समितिले उनीहरुलाई अवैधानिक ढंगले कुवेत र्पुयाउने म्यान पावर कम्पनी माथि पनि कडा कारबाही गर्न सरकारलाई सचेत गराएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.