Websoft University

आवश्यकतालाई ध्यानमा राखेर शिक्षा दिनुपर्ने- प्रदेश मन्त्री घिमिरे


विराटनगर कार्तिक ३० गते । रातो तारा डट कम, माग र आवश्यकतालाई ध्यानमा राखेर शिक्षा दिनुपर्ने प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताएका छन् ।

निहारिका कलेजको आज विराटनगरमा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अहिलेको शिक्षा प्रणालीले बेरोजगार उत्पादन गरिरहेको बताउँदै अब  भने माग र आवश्यकतालाई ध्यानमा राखेर मात्र शिक्षा दिनुपर्नेमा जोड दिए । बजारको माग र आवश्यकतालाई प्राथमिकतामा राखेर शिक्षा दिन सके बेरोजगारको अवस्था कम भएर जाने उनको भनाइ थियो ।

 मन्त्री घिमिरेले समृद्धिको आधार कृषि,जलस्रोत र पर्यटन रहेको भन्दै यिनै तीनवटा क्षेत्रमा खपत हुने प्रकारको जनशक्ति उत्पादन गर्न पनि आग्रह समेत गरे । अहिले संघीय शिक्षा ऐन नबनिसकेको अवस्थामा प्रदेशलाई पनि समस्या रहेको मन्त्री घिमिरेले बताए ।

 नेहारीका कलेजले नयाँ आएका विद्यार्थीहरुलाई कलेजको बारेमा र यहाँ पढाइ हुने बिषयमा पनि जानकारी गराएको थियो । हाल कलेजले बिएस सिएसआटी, बिएच आइएम,बिसिए,बिआइएम र बिबिएस अध्ययन अध्यापन गर्दे आएको छ । यस्तै कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई विद्यालयका क्याम्सप प्रमुख अमित ढकाल, अध्यक्ष रुपेश खतिवडा, मन्त्री घिमिरेलगायतले सम्मान गरे ।

 कार्यक्रममा क्याम्सप प्रमुख, प्रदेश १ का मुख्य सचिव सुरेस अधिकारी कलेजका सञ्चालक दिपेश बास्तोला र सिवील बैंक प्रदेश १ का प्रमुख सन्तोष वुढाथोकीलगायतले बालेका थिए

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.