Websoft University

लाभावित बचतको साधरणसभा

विराटनगर, कार्तिक ३० गते। रातो तारा डट कम, विराटनगर १५ स्थित लाभांवित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विराटनगरमा शनिबार एक कार्यक्रमको बिच सहकारीले बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।कार्यक्रममा सहकारीका अध्यक्ष निराजन शाहले भावी कार्ययोजना र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सो अवसरमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीका लेखा संयोजक संजिवकुमार साहले आर्थिक बर्ष २०७५÷७६ मा सो सहकारीले १६ लाख १९ हजार ४६ रुपैयाँ आम्दनी गर्न सफल भएको बताउनुभयो । शेयर पुंजी ४२ लाख २ हजार रहेको सो सहकारीले ७ करोड ५५ लाख २७ हजार ४ सय ५१ रुपैया निक्षेप संकलन गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । लाभांवित सहकारीले कृषि,शिक्षा,खुद्रा ब्यापार,ब्यवसायमा लगानी गर्दै आएको लेखापाल चन्दनकुमार ठाकुरले बताउनुभयो ।

साधारण सभाको अवसरमा सहकारीले ५÷५ जना असल बचतकर्ता र ऋणीका साथै २÷२ बजार प्रतिनिधि र कर्मचारीलाई सम्मान समेत गरेको छ । उनीहरुलाई जिल्ला सहकारी संघका प्रमुख डिल्ली पोखरेल लगायतले सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष पोखरेलले क्षरिएर रहेको पुजीलाई एकिकृत गर्न सहकारीले ठूलो भुमिका खेलको बताए ।

सहकारीको माध्यमबाट गरिवी निवारण ठूला टेवा पु¥याउने उहाँले बताउनुभयो । सहकारीका अध्यक्ष निराजन साहको सभापतित्वका उक्त कार्यक्रम भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.