Websoft University

सडकवाट उद्दार गरिएकाहरुलाइ मिठो खाना सहित मनोरञ्जनात्मक कार्यक्रम


विराटनगर  कार्तिक  ३० गते । रातो तारा डट कम, केहिदिनयता विराटनगर महानगर र मानव सेवाआश्रमको संयुक्त प्रयासमा नगरक्षेत्रका सडकवाट उद्दार गरिएकाहरुलाई मिठो खानाको प्रबन्ध संगै मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गएिको छ । 

शनिवार मेयर भीम पराजुली , नायिका तथा हास्य कलाकार दीपाश्री निरौला र राष्ट्रिय गायक सुमित खड्काले कार्यक्रमको प्रबन्ध गरेका थिए ।  सडक जीवनवाट घरयासी जीवनमा रम्दै गरेका उनीहरुलाई विराटनगर स्थित वडा नं १० तिनटोलियामा रहेको मानव सेवा आश्रममा राखिएको छ ।  

आश्रममा विराटनगरबाट उद्धार गरिएका ६ जना सहित १४ जनालाई मिठोखाना सहित विभिन्न गीत तथा हास्य कार्यक्रम गरी मनोरञ्जन गराइएको थियो । बौद्धिक अपाङता भएका उनीहरु  खुसी भएर संग संगै नाचेका थिए । केही दिन अगाडी विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सक्रियतामा सडक तथा खुल्ला चौरमा बस्दै आएकाहरुको उद्धार गरी मानवसेवा आश्रममा राखिएको छ । 

नगरक्षेत्रलाई बेसहारा मुक्त बनाउने अभियान अन्र्तगत उद्धार कार्यलाई निरन्तरता दिइने उद्घोष मेयर पराजुलीको छ । आश्रित ब्यक्तीहरुकालागि महानगरले आवश्यक बजेटको समेत ब्यवस्था गरेको छ । कार्यक्रममा वडा नं.१० का वडाध्यक्ष माधवराज वाग्ले,मानव सेवा आश्रमका प्रदेश संयोजक नवराज केसी लगायतको सहभागिता रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.