Websoft University

धरानमा उम्मेद्वार भोट माग्दै घरदैलोमा




काठमाण्डौ कार्तिक २९ गते । रातो तारा डट कम,धरान उपमहानगरपालिकामा नगर प्रमुखको लागि हुने उपनिर्वाचनको मिति नजिकिदै गर्दा नेकपा र नेपाली काँग्रेसले उम्मेद्वारले घरदैलो अभियानलाई तीब्रता दिएका छन् । उम्मेद्वारहरूले आफ्ना योजना सुनाउँदै मत मागिरहेका छन् । 

मत माग्ने क्रममा उनीहरू खेतबारीमा काम गरिरहेका व्यक्ति, वृद्धवृद्धासँग समेत आशिर्वाद लिने, फोटो खिच्ने  गरिरहेका छन् । आउदो मंसिर १४ गते हुने उपनिर्वाचनले धरान उपमहानगरपालिकामा रिक्त रहेको प्रमुख तथा ७ नम्बर वडाको अध्यक्ष चयन गर्नेछ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपाले १५ वटा वडा र नेपाली काँग्रेसले ५ वटा वडामा जितेको थियो भने नगर प्रमुखमा तत्कालीन नेकपा एमालेका उमेद्वार तारा सुब्बाले २० हजार मत ल्याएर विजयी हुनुभएको थियो । 

काँग्रेसका उम्मेद्वार तिलक राईले १६ हजार मत प्राप्त गर्नुभएको थियो । उपनिर्वाचनको लागि नेकपाबाट प्रकाश राई र नेपाली काँग्रेसबाट तिलक राईलगायत २३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.