Websoft University

निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपियो



काठमाण्डौ कार्तिक २९ गते । रातो तारा डट कम,निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिने भएको छ । संसदको राज्य व्यवस्था समितिको आज बसेको बैठकले कर्मचारीको अवकास उमेर हद ६० वर्ष बनाउने निर्णय गरेको हो । हरेक वर्ष ६÷६ महिना थपिने र २०२१ सालदेखि मात्र पूर्ण लागू हुने गरी कानुनी व्यवस्था गर्ने समितिले निर्णय गरेकोछ ।

निजामती सेवा ऐनमा निजामती कर्मचारीको उमेर हद यसअघि ५८ वर्ष थियो । एउटै ढुकुटीबाट तलबभत्ता खाने सरकारी कर्मचारीहरुको सेवा अवधिको उमेर हद फरक–फरक भएको भन्दै एउटै बनाउने पहल हुँदै आएको थियो । अब यो संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । 

लोक सेवा आयोगले सरकारलाई सबै कर्मचारीहरुको अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सुझाव दिएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.