Websoft University

महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि नेपालले हात पार्यो


काठमाण्डौ कार्तिक २८ गते । रातो तारा डट कम, नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि हात पारेको छ । आज भएको फाइनल खेलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा पराजित गरेको हो । लिग चरणको अन्तिम खेलमा हिजो नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले लिग चरणमा कीर्गिस्तान, अफगानिस्तान र बंगलादेशलाई पनि समान ३–० कै सेटमा हराएको हो । अहिलेसम्म नेपाली महिला भलिबल टिमले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको थिएन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.