Websoft University

मोहन भट्टराई लेटाङ । रातो तारा डट कम, वन संरक्षणका साथै सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उत्तरी मोरङ लेटाङको जनसेवा सामुदायिक वन उपभोक्ता समुहले क्यान्सर पिडितलाई उपचारमा सहयोग गरेर अर्को सामाजिक काम गरेको छ । बुधबार समूहले क्यान्सर पिडित रामकुमार राईको घरमै पुगेर सहयोग रकम प्रदान गरेको हो ।

वन समूहका तर्फबाट ३५ हजार रुपैयाँ र सञ्चालक समिति, लेखा समिति एवं कर्मचारीहरुबाट संकलित २० हजार रुपैयाँ गरी ५५ हजार रुपैयाँ क्यान्सर पिडित राईलाई प्रदान गरिएको अध्यक्ष दिलाराम राईले जानकारी दिए ।

स्वएच्छिक रुपमा सहयोग रकम दिने सञ्चालक, लेखा सदस्य एवं कर्मचारीहरुमा दिलाराम राई, गोविन्दहरी श्रेष्ठ, दुर्गामाया मगर, भिष्म श्रेष्ठ, सरिता लिम्बू, गीता श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, संगीता उदास, लोकबहादुर लिम्बू, सुजता राई, पुष्पा भुजेल, भुपेन्द्र लिम्बू रहेका छन् । यसैगरी, लक्ष्मिकुमार श्रेष्ठ, खड्ग लामा, कृष्णबहादुर श्रेष्ठ, रविन लिम्बू, आशा लामा, डम्बरबहादुर श्रेष्ठ, जानुकादेवी राई, कविराज फ्याक रहेका छन् । उनीहरुले जनही एक हजारका दरले सहयोग गरेका थिए ।

पूर्व सञ्चालक सदस्य एवं हाल टोल प्रमुखको जिम्मेवारी सम्हाली रहेका रामकुमार राईको उपचारका क्रममा क्यान्सर भएको दाहिने खुट्टाका घुँडामुनी काटीएको छ । मध्यम आर्थिक अवस्था भएका राईलाई उपचारमा अझै रकम लाग्ने भएपनि जुटाउन मुश्किल भएको परिवारले बताएका छन् ।

उत्तरपूर्वी मोरङको सुन्दर नगरी लेटाङको वडा नं. ४ मा जनसेवा सामुदायिक वन उपभोक्ता समूहले वन विकास र सामाजिक विकासका क्षेत्रमा समेत उल्लेख्य कार्य गर्दै आएको छ । जसका कारण हालैमात्र जनसेवा सामुदायिक वनलाई प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयले चौध जिल्लभरीकै उत्कृष्ट सामुदायिक वनको रुपमा पुरस्कृत गरेको छ । यस्तै डिभिजन वन कार्यालय मोरङले पनि जिल्लाको उत्कृष्ट सामुदायिक वनको रुपमा पुरुकृत गरेको छ ।

जनसेवा सामुदायिक वनको क्षेत्रफल ३ सय ५ दशमलब ३४ हेक्टर रहेको छ । वनक्षेत्रमा ७० प्रतिशत साल प्रजातिका रुखहरु छन् । यस सामुदायिक वनले ६ सय ६१ घरधुरीलाई काठ, दाउरादेखि लिएर वन पैदावर उपलब्ध गराउँदै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.