Websoft University

न्यूरोले मनाए मधुमेह दिवस, शनिवार, छुट मै थाइरोइड लगायतका जाँचहरु गरिने


काठमाण्डौ कार्तिक २८ गते । रातो तारा डट कम,न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले विश्व मधुमेह दिवस भव्यताका साथ मनाएको छ । हस्पिटलले विगतका वर्षह?झैं यस वर्ष पनि हस्पिटलको प्रागंणमा निःशूल्क मधुमेह परामर्श तथा निःशूल्क सुगर जाँचको गरिएको छ भने अन्य सवै जाँचमा २५ प्रतिसत छुटको व्यवस्था समेत गरिएको थियो ।

लायन्स क्लब अफ बिराटनगरको सहकार्यमा न्यूरो हस्पिटलद्वारा आयोजित मधुमेह सम्बन्धी स्वास्थ्य परामर्समा विशेषज्ञ फिजिसियन डा. अग्रज उप्रेति द्धारा स्वास्थ्य परिक्षण गरिएको थियो भने मधुमेह सम्बनधी सचेतनात्मक कार्यक्रम समेत भएको थियो ।

लायन्स क्लब अफ बिराटनगरका अध्यक्ष प्रकास संचेतिले, आधुनिक जिवनशैलीका कारण विश्वमा मधुमेहका बिरामी बढदो क्रममा रहेको र यसै कुरालाई मनन गरी न्यूरो हस्पिटलको मुख्य सहयोगमा बिरामीहरुलाई नि,शुल्क सेवा प्रदान गरेकोमा खुशी व्यक्त गर्नभयो ।

उतm कार्यक्रममा एक सय !३ जनाको निःशुल्क सुगर जाँच तथा परामर्श गरिएको थियो भने औषधि समेत निःशुल्क बितरण गरिएको थियो । यता न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश

 भट्टराइले , यसै अवसरमा अब प्रत्येक शनिवार सुगर, थाइरोइड ,किडिनिको जाँच (आर एफ टि) , एल एफ टि लगायतका नियमित परिक्षण गर्नुपर्ने जाँचहरुमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको तथा अस्पतालले समय—समयमा विभिन्न निःशूल्क स्वास्थ्य शिविरहरु तथा स्वास्थ्य सम्बन्धि विश्व दिवसहरु मनाउदै आम मानिसमा स्वास्थ्य सचेतना गर्दे आईरहेको र यसलाई निरन्तरता दिने बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.