Websoft University

पाँचपोखरी सुपर ८ क्रिकेट प्रतियोगिता मंसिर ११ गतेबाट सुरू हुने



काठमाण्डौ कार्तिक २९ गते । रातो तारा डट कम,तेस्रो संस्करणको जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर ८ क्रिकेट प्रतियोगिता मंसिर ११ गतेबाट सुरू हुने भएको छ । मंसिर ११ देखि १४ गतेसम्म पाँचपोखरी थाङपाल गाउँपालिका ६ को शेराफाँटमा प्रतियोगिता हुने आयोजक पाँचपोखरी क्रिकेट क्लवले जनाएको छ । पारा ओलम्पिएन खेलाडी स्वर्गीय जितबहादुर खड्काको २०७२ सालको विनाशकारी भूकम्पमा मृत्यु भएको थियो । आयोजक क्लवका संस्थापक अध्यक्ष उत्सव धितालका अनुसार खेल ८ ओभरको हुने छ । सिन्धुपाल्चोकका मात्रै खेलाडीको सहभागिता रहने प्रतियोगितामा विजेताले ७५ हजार र उपविजेताले ३५ हजार प्राप्त गर्नेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.