Websoft University

सीमा विवादबारे भारतीय प्रधानमन्त्री मोदीसँगै कुरा गर्नुपर्छ– काँग्रेसका बरिष्ठ नेता पौडेल


काठमाण्डौ कार्तिक २९ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवाद देखिएको ठाउँको दशी प्रमाण सुरक्षित गरेर समाधानका लागि प्रधानमन्त्रीस्तरबाट भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिनुभएको छ । नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा हिजो भएको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले वार्ताबाट समाधान नभए दोस्रो चरणमा मात्रै सीमा विवादको मुद्दालाई अन्तराष्ट्रियकरण गर्न सुझाव दिनुभएको हो । ‘छिमेकीको हेपाहा प्रवृत्ति र सीमा सुरक्षामा नेपालको लापरबाहीका कारण सीमा सुरक्षामा प्रश्न उठेको छ’–नेता पौडेलले भन्नुभयो–अहिले दुइतिहाईको बलियो सरकार छ, कसैले ढाल्छ कि भनेर डराउनुपर्ने अवस्था छैन, यो सरकारले लिपुलेक, लिम्पियाधुरा,कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रमा नेपालको भूभागजतिका दशीप्रमाण फेला पारेर सरकार कडा रुपमा प्रस्तुत होस् ।’ हिजो राष्ट्रवादको नारा लगाएर सत्तामा पुगेका प्रधानमन्त्री के.पी. ओलीले देश र जनतालाई धोका नदिई राष्ट्रिय छवी प्रस्तुत गर्न पौडेलले आग्रह गर्नुभयो । सीमा विवाद टुङ्ग्याउन सरकार अघि बढे त्यसमा सहयोग गर्न प्रतिपक्षी दल काँग्रेस सदैव तयार रहेको भन्दै उहाँले सचिवस्तरको बैठकबाट सीमा विवाद नटुङ्गिने पनि बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.