Websoft University

पुरुष फुटबल टोलीको घोषणा


कामठमाण्डौ कार्तिक ३० गते । रातो तारा डट कम,कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको घरेलु खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज कुवेतसँग खेल्ने २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । 

नेपालले मंसिर ३ गते भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा कुवेतसँग खेल्दैछ । नेपालले कुवेतसँगको खेल खेल्नु अघि गत साता म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।  नेपालको पहिलो होम खेलको रुपमा रहेको यस खेल दशरथ रंगशाला हुने तय भएकोथियो ।

तर, पुन  निर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तराष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी)ले खेल न्युट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो । जस अन्तर्गत खेल भुटानमा हुन लागेको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.