Websoft University

एसिया कप क्रिकेटमा नेपालले आज हङकङसँग खेल्ने


काठमाण्डौ कार्तिक ३० गते । रातो तारा डट कम,एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज दोस्रो खेल हङकङसँग खेल्ने भएकोछ । बंगलादेशमा आयोजना भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले हङकङसंग प्रतिस्पर्धा गर्न लागेको हो । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्व जित निकाल्नै पर्ने दवाब यसबेला बढेकोहो । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजेदेखि सुरु हुनेछ । ढाकामा गत विहिबार भएको पहिलो खेलमा नेपाल भारतको २३ वर्ष मुनिको टोलीसँग ७ विकेटले पराजित भएको थियो । यस्तै हङकङलाई आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशले ९ विकेटले हराएको थियो । नेपालले समुह चरणको अन्तिम खेल आयोजक बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.