Websoft University

सडक निर्माणको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही हुने


काठमाण्डौ कार्तिक २५ गते । रातो तारा डट कम,उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड र पर्वतको १० किलोमिटर सडक निर्माणको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गरिने भएको छ ।

करिडोर आयोजना कार्यालयले सरोकारवाला निकायलाई पत्रचार गर्दै काममा उल्लेख्य सुधार नआएपछि ठेक्का सम्झौता रद्द तथा कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । करिडोरले बेनी–जोमसोम–कोरला खण्डका ३ कम्पनीलाई ७ दिने स्पष्टिकरण मागेको छ । आयोजना कार्यालयका अनुसार शर्मा गजुरमुखी जेभी, पप्पु–गौरी, पार्वती–कोशी एण्ड न्यौपाने र शर्मा युनाइटेड बिल्डर्स जेभीलाई कारवाही तथा स्पष्टिकरणको पत्र पठाईएकोछ ।

यी कम्पनीहरुले कोरला सडक खण्डको काम गर्न २०७४ साल जेठ १२ गते करिडोरसँग सम्झौता गरेका थिए । निर्माण कम्पनीले अपेक्षा अनुसार काम नगरेकाले करिडोरले अन्तिम एक्शनको तयारी गरेको जनाईएको छ । पर्वत खण्डमा काम नगर्ने सूर्य कन्ट्रक्सनलाई पनि पटक पटक काम गर्न ताकेता गरेपनि काममा नफर्किए पछि आयोजना कार्यालयले कारबाहिको तयारी गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.