Websoft University

इटहरीमा सडक विस्तार सुरु: ब्यापारीक संरचना भत्किदै


शिव भट्टराई,सुनसरी कार्तिक २५ गते। रातो तारा डट कम,
सडक सुशासन अन्तरगत विराटनगरको रानी देखि धरान सम्मको मुख्य राजमार्गलाई ६ लेनको बनाइने कार्यक्रम अन्तरगत सोमबार इटहरी स्थित ठुला ब्यवसायिक भवन अघाडी ड्रोजर चलाइएको छ ।

संघिय सरकारको निर्देशन अनुसार सडकको चौडाइ बढाउने काम थालनी भइरहदा इटहरीमा ब्यवसायीहरुले बिरोध गर्दै आएका थिए । फलस्वरुप ६ लेन सडक निर्माणको काम समेत इटहरीमा आएर रोकिएको थीयो ।

तर सोमबार भने सडक बिभाग कार्यालयका प्रतिनिधी , प्रहरी प्रसाशन , स्थानीय सरकारका प्रतिनिधि , उद्योग वाणिज्य सघं इटहरीका प्रतिनिधिको उपस्थिती बिच इटहरीको मुख्य चौकमा ड्रोजर चलाउने तयारी गरिएको हो ।

इटहरीको कुनै ब्यापारीक भवनहरु नभत्किने गरी दुवै तर्फ ६५ फुटमै सडक निर्माण बनाउने सहमती अनुरुप सोमबार देखि काम सुचारु गरिएको सडक बिभागको कार्यालय बिराटनगरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.