Websoft University

गो ब्याक इन्डीया भन्दै गाँउ गाँउबाट निस्कीए नेपाली जनता (भिडियो सहित)



गोपाल काफ्ले पथरी, । रातो तारा डट कम, भारतले नेपालीभुमीलाई आफ्नो राजनैतिक नक्सामा राखेको विरोधमा मोरङ्ग पथरीशनिश्चरेका बिभिन्न स्थानमा विरोध र्याली गरिएको छ । युवाहरुले स्वस्फुर्तरुपमा निकालेको र्यालीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला समेत जलाइएको छ ।

शनिवार मोरङको पथरीशनिश्चरे ३ मा राष्ट्रवादी युवा समुहका संयोजक तिर्थ आचार्यको आवहानमा निस्कीइको विरोध र्यालीले मोदिको पुत्ला माथि आक्रोस पोखेका थियो । त्यस्तै पथरी बजारमा स’विन पराज’लीको नेत्रित्वमा भारतको बिरोध गर्दै पथरी बजार परिक्रमा गर्दै मोदिको फोटो र भारतले निकालेको नयाँ नक्सामा आगो लगाएका छन । आइतवार पथरीबहुमुखी क्याम्पसका युवा नेत्रित्वकर्ता बिबेक न्यौपाने र निता कुलुङ राईको अगुवाइमा क्याम्पसका बिध्याथीएले समेत र्यालि निकालेका छन ।

राष्ट्रवादी य’वा सम’हले निकालेको र्याली पिपल चोकबाट सुरु भई संगम चोक र विरेन्द्रनगर हुदै त्रिवेणी चौकमा कोण सभा गरेर समापन गरिएको हो । कोणसभामा भारतले मिचेको जग्गका विषयमा कविता मार्फत भारतको चर्को आलोचना गर्दै वक्ताहरुले नेपाली भुमी भारतले मिचेर नेपाल माथी अन्याय गरेको बताए ।

कोणसभामा बोल्दै बक्ताले भारतीय विस्तारवादी योजनाअन्तरगत नै पश्चिम नेपालको लिप’लेक, कालापानी मात्र नभएर सुस्ता, झापा र पाँचथरसम्मका जंगेपिलर सार्न थालेको उनीहरुले बताए । र्यालिमा उपस्थीत बालक देखि वृद्ध वृद्धा सम्मले गो ब्याक इन्डीया, लिपुलेख, कालापानी, लिम्पीयाधुरा हाम्रो हो, भारतिय बिस्तारबाद म’र्दाबाद जस्ता प्ले काड हातमा बोकी मोदिको पुत्लामा आगो लगाएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.