Websoft University

कास्की क्षेत्र नम्बर २ मा २१ जना उम्मेदवार कायम



काठमाण्डौ कार्तिक २५ गते । रातो तारा डट कम,कास्की निर्वाचन क्षेत्र नम्बर दुईमा रिक्त प्रतिनिधिसमा सदस्यका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि २१ उम्मेदवार कामय भएका छन् । 

१४ राजनीतिक दल र ११ स्वतन्त्र गरी २५ उम्मेदवारले मनोनयन दर्ता गराएकामा ३ पार्टीका उम्मेदवारको उम्मेदवारी बदर भएको छ भने एक उम्मेदवारले उमेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उमेदवार पुरुषोत्तम खनालले उमेदवारी फिर्ता लिनुभएको हो । 

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र सम्बो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त विक्रम सिंहको उम्मेद्वारी निर्वाचन आयोगले बदर गरिदिएको छ । 

अब निर्वाचनमा नेकपाबाट विद्या भट्टराई अधिकारी, काँग्रेसका खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा लगाएत नेताहरुको प्रतिस्पर्धा गर्ने भएका छन् । 

तत्कालिन पर्यटनमन्त्री रविन्द्रप्रसाद अधिकारीको गत फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका कारण कास्की–२ प्रतिनिधिसभा सदस्य खाली भएपछि उपनिर्वाचन हुन लागेको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.