Websoft University

महिला भलिबल खेलमा नेपालको विजयी सुरुवात



काठमाण्डौ कार्तिक२५ गते । रातो तारा डट कम,नेपालले बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेकोछ । ढाकामा भएको पहिलो खेलमा सहजप्रतिद्वन्दी अफगानिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो । 

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ को सेटमा पराजित ग¥यो । जितसँगै नेपालले ३ अंक जोडेको छ । खेलमा नेपालकी प्रतिभा माली प्लेयर अफ डी म्याच चुनिनु
भयो । अफगानिस्तानविरुद्ध नेपालका ६ खेलाडीले डेब्यु समेत गरे भने नेपालकी निरुता थगुन्ना, पुनम चन्द, सुनिता खड्का, सलिना श्रेष्ठ, सोफिया पुन र जानकी भण्डारीले डेब्यु गर्नुभयो । 

अब नेपालले दोस्रो खेलमा भोली  कीर्गिस्तानसँग खेल्नेछ । त्यस्तै नेपालले मंगलबार आयोजक बंगलादेश र अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो हुने टिमले तेस्रो र चौथो स्थान हासिलका लागि पुन प्रतिस्पर्धा गर्नेछन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.