Websoft University

निलम्बन प्रहरी जवान अवैध लागूऔषध सहित विराटनगरमा पक्राउ


विराटनगर। रातो तारा डट कम, निलम्बन प्रहरी जवानलाई अवैध लागूऔषधसहित प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । धरान उपमहानगरपालिका – ६ का २८ बर्षीय सन्तोष तामाङलाई मंगलबार दिउँसो अवैध लागूऔषध सहित लागूऔषध नियन्त्रण विशेष ब्यूरो टोलीले विराटनगरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा दरबन्दी रहेको बेला जवान तामाङ्ग निलम्बनमा परेका थिए । लागूऔषध ब्यूरो टोलीले विशेष सुराकीको आधारमा भारतको जोगवनीमा लागूऔषध सेवन गरि १५ ट्याब्लेट नाईट्रोसन लागूऔषध ल्याउने क्रममा पक्राउ गरिएको हो ।

लागुऔषधसहित तामाङ्गलाई विराटनगर भन्सार कार्यालयको १ नम्बर डाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी राजकुमार खिउँजुले जानकारी दिए ।  को १३ प ५०६४ नम्बरको मोटरसाईकलमा तामाङ्गले लगाएको हेलमेट भित्र लुकाएर लागूऔषध ल्याउँदा प्रहरीले पक्राउ गरेको थियो ।

लागूऔषध सेवन गरेर डियुटिमा खटिएको चाल पाएपछि तामाङ्ग निलम्बनमा परेका थिए । कुलतमा फसेका तामाङ्ग  निलम्बनमा परेपछि अवैध लागूऔषधको ओसारपसारमा लागेका हुन् । पक्राउ परेका तामाङ्गलाई जिल्ला अदालत मोरङमा म्यात थप गरि इलका प्रहरी कार्यालय रानी विराटनगरमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी खिउँजुले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.