Websoft University

एक महिने निशुल्क कम्प्युटर तालिम सुरु


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दर हरैचा वार्ड नं ३ मा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई लक्षित गरी एक महिने निशुल्क कम्प्युटर तालिम सुरु भएको छ।

श्री खण्ड मा वि को आयोजनामा साथै सुन्दर हरैचा वार्ड नं ३ को सहयोगमा भएको सो तालीममा वार्ड नं ३ का वार्ड अध्यक्ष जीवन ढुंगाना को प्रमुख आतिथ्यता रहेको थियो भने नारायण प्रसाद आचार्यको सभापतित्व रहेको थियो।

त्यसैगरी अतिथिहरुमा श्याम नारायण चौधरि,शान्ता सिटौला,घनश्याम भट्टराई र शंकर दाहाल रहेका थिए।बुधबार सुरु भएको तालिममा पहिलो दिन श्री खण्ड मा. बि , जनता मा . बि,  जननि प्रा.बि र जनता प्रा.बि बाट २० जनाको सहभागिता रहेको थियो।सहभागी शिक्षकहरुले यस्तो उपलब्धि मुलक कार्यक्रम आयोजना गरेकोमा वार्ड नं ३ लाई विशेष धन्यवाद दिएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.