Websoft University

टी–ट्वान्टी क्रिकेटमा नेपालको पहिला पटक जित्यो


काठमाण्डौ कार्तिक २८ गते । रातो तारा डट कम,चीनमा जारी बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली १९ वर्ष मुनिको राष्ट्रिय महिला टोलीले पहिलो जित निकालेको छ ।

संघाईमा भएको खेलमा चीनलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । चीनले दिएको ३८ रनको सामान्य लक्ष्य नेपालले ६ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा ग¥यो । यस अघि पहिले ब्याटिङ गरेको चीनले १० ओभरमा अलआउट हुँदै ३७ रन जोडेको थियो । 

नेपालका लागि ईश्वरी बिष्टले ३ विकेट लिईन्  । उनी प्लेअर अफ दी म्याच चुनिईन् । यस अघि सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग २९ रनले पराजित भएको थियो । अब नेपालले भोली म्यानमारसँग खेल्नेछ  । यस्तै शुक्रबार मलेसियासँग खेल्नेछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.