Websoft University

भारतले आफ्नो नयाँ नक्सामा पारेको कालापानी,लिपियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै विराटनगरमा नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीले जुलुससहित बिराटनगरमा प्रदर्शन गरे


विराटनगर कार्तिक २६ गते । रातो तारा डट कम, भारतले आफ्नो नयाँ नक्सामा पारेको कालापानी,लिपियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै विराटनगरमा नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीले जुलुससहित प्रदर्शन गरेका छन् ।

व्यवस्थापन क्याम्पस ईकाइको आयोजनामा आज निस्किएको र्यालीले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ । संघका इकाइ सभापति अनिल खाँ र सचिव शेखर बुढाथोकीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लिपियाधुरा, कालापानी, लिपुलेक जस्ता ऐतिहासिक भूभागलाई फिर्ता गर्न पहलका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।

त्यस अवसरमा नेविसंघ सम्बद्ध विद्यार्थीले बरु अहिले रेल र पानी जहाज नचाहिएको बरु मिचिएको जग्गा फिर्ता गराउन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नेविसंघका विद्यार्थी नेता पवन भट्टराईले भने,‘‘अहिले रेल चाहिएको छैन । पानी जहाज पनि होइन हामीलाई लिपुलेक, कालापानी र लिपियाधुरा फिर्ता चाहिन्छ ।’’ उनले प्रधानमन्त्रीले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्रीसंग छलफल गरी नेपाली भूमि फिर्ता गराउनु पर्ने माग गरे ।

नेविसंघका पूर्वसहमहामन्त्री कृष्ण कार्कीले नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले दह्रो खुट्टा टेक्नुपर्ने सुझाव दिए । ‘‘सर्वपक्षीय छलफलबाट पनि प्रधानमन्त्रीलाई अघि बढ्न म्यान्डेड दिइएको छ,’’ कार्कीले भने,‘‘अब प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गर्नुपर्छ । उहाँलाई सबैको साथ र समर्थन छ ।’’

र्यालीपछि जिल्ला प्रशासन कार्यालय पुगेका विद्यार्थीले ‘‘पुर्खा लडे नालापानी, हामी लड्छौ कालापानी’’, ‘‘जमिन मिच्न पाइँदैन, दुष्ट छिमेकी चाँहिदैन’’, ‘‘भारतीय विस्तारवाद मुर्दावाद’’जस्ता भारतविरोधी नारा लगाएका थिए ।

यसैगरी विद्यार्थीहरुको अर्को समूहले विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट निस्किएको र्याली जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि आएर विरोध सभामा परिणत भएको थियो । सहभागी विद्यार्थीले भारतको रवैयाले नेपालमाथि जहिले पनि थिचोमिचो हुने गरेको बताएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.