Websoft University

सहकारी संस्था लि दुलारीको २८औं वार्षिक साघारण सभा सम्पन्न्न


शिव भट्टराई, मोरङ कार्तिक २९ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा ६ मा  रहेको सुन्दरदुलारी कै सबै भन्दा जेठो तथा पुरानो सस्था  सहकारी  सस्था लि दुलारी ले आफ्नो २८ औ वार्षिक साधारण सभा सप्पन्न  गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा सहकारी सस्थाका पुर्ब अध्यक्ष एबम सहकारी बिज्ञ कृष्ण प्रसाद भुर्तेलले सहकारी लाई परिपक्वता र स्वाभिमान को साथ जुन धरातलमा छौ त्यही बाट टेकि अगाडि बड्नुपर्ने मा जोड दिनु भयो। उहाँले नयाँ पुस्ता हरु लाई सेयर सदस्य बितरण गर्ने र आघुनिकिकरण गरि अगाडि लैजानु पर्ने बताउनु भयो।

यस्तै कार्यक्रममा समाजसेवि अजम्बर राईको विशिष्ठ आतिथ्यता रहेको थियो भने अतिथिहरुमा साना किसान सुन्दरपुर का अध्यक्ष रबिन्द्र आचार्य ,वाड नं ४ का अध्यक्ष सैलेन्द्र श्रेष्ठ ,वाड न ७ का अध्यक्ष चैतान्य सिटौला , सानाकिसान दुलारीका उपाध्यक्ष चेतनाथ दाहाल लगायत बुद्धिजीवी समाजसेवि र सहकारी बिज्ञहरुको उपस्थिति रहेको थियो।
सस्था ले सेयर सदस्य हरु मध्धे बाट उत्कृष्ट बचत कर्ता तर्फ कारियान देवि चौधरी र असल ऋणि तर्फ दुर्गा बाहादुर खड्का लाई सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष गजेन्द्र भट्टराई  को सभापतित्व रहेको थियो।
सो कार्यक्रम को सन्चालन संस्थाका सचिब बाबू कृष्ण दाहालले गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.