Websoft University

प्रहरी तालिम केन्द्रमा झाडापखाला र भाइरल ज्वरोको प्रकोप


कामठमाण्डौ कार्तिक ३० गते । रातो तारा डट कम,मध्यक्षेत्रिय प्रहरी तालिम केन्द्र दुधौलीमा झाडापखाला र भाइरल ज्वरोका विरामी देखा परेका छन् । हिजो देखि एक्कासी तालिम केन्द्रका १ सय ४४ जनामा झाडापखाला र भाईरल ज्वरो देखिएको हो । 

एकैचोट ठूलो संख्यामा विरामी परेपछी दुधौली तालिम केन्द्रको बाहिरी प्राङ्गगणमा आकास्मिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको तालिम केन्द्रका एसएसपी सन्दिप भण्डारीले जानकारी दिनुभयो ।  दुधौली नगरपालिकाको स्वास्थ्य शाखाले विरामी सबैको केन्द्रमै पुगेर उपचार गरिरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिले सम्म १ सय २२ जनाको उपचार भईससकेको छ । अन्य विरामीका लागी तालिम केन्द्रमा र दुधौली स्वास्थ्य शाखामा औषधि अभाव भएकाले उनिहरुको उपचार प्रभावित भएको छ । थप स्वास्थ्य सेवाका लागी स्वास्थ्य कार्यालय सिन्धुलीबाट चिकित्सक सहितको ६ जनाको टोली प्रभावित क्षेत्रमा जादैँ गरेको जनाईएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.