Websoft University

सिकार खेल्शंदा शंकर राउतको मृत्यु



श्याम राई-उदयपुर,गाईघाट, कार्तिक २९ गते । रातो तारा डट कम,मृगलाई हानेको गोली लागेर सहकर्मीको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार राती मृगलाई ताकेर हान्दा आफूसँगै शिकार खेल्न गएका उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा का ५० वर्षिय शंकर राउतको मृत्यु भएको थियो ।

उनलाई गोली हान्ने सोही ठाउँका ४५ वर्षिय अमृत वहादुर राउतलाई प्रहरीले धनुषाबाट विहीबार राती पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. विर वहादुर बुढामगरले बताए । उनीहरुसँगै शिकार खेल्न जाने ईन्द्र वहादुर बस्नेत, दिल वहादुर बुडाथोकी र हेम वहादुर कटुवाललाई हिरासतमा राखेर अनुसन्धान भैरहेको एस.पि. बुढामगरले बताए ।

उक्त घटनापछि आफू पागल जस्तै भएर जंगलै जंगल हिडेर धनुषा पुगेको राउतले प्रहरी समक्ष बयान दिएकाछन् ।‘ मैले मृग भनेर गोली हानेको थिए । तर साथीलाई लागे छ ।’ प्रहरी हिरासतमा रहेका राउतको भनाई उद्धृत गर्दै एस.पी बुढामगरले भने ।‘ मेरो मिल्ने साथी गुमाउनु पर्दा निकै दुख लागेको छ ।’ उनले भने ।

यो घटना भुलबस भएको हो । मृतक सहित उनीहरु मंगलबार दिउँसो शिकार खेल्न हर्देनीको जंगलमा गएका थिए । दिनमा कतै शिकार नपरेको कारण उनीहरुले रातमा जंगलमा बसेर शिकार खेल्ने तयारी गरेका थिए । राती झण्डै ९ बजेको समयमा मृग आएको जस्तो लागेर चलाएको भरुवा बन्दुकको गोली लागेर राउतको घटना स्थलमै मृत्यु भएको हो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.