Websoft University

सार्वजनिक सडक विक्री गरेको कसुरमा ४ जनालाई कैद सजाय


श्याम राइ गाईघाट, कार्तिक २९ गते । रातो तारा डट कम,सार्वजनिक सडक विक्री गरेको कसुरमा जिल्ला अदालत उदयपुरले विहीबार चार जनालाई कैद जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायधिस मनोज केसीको एकल ईजलासले कसुर ठहर गदै त्रियुगा नगरपालिका–३ मोतिगडाका ५४ वर्षिय बुद्धि प्रसाद दाहाल, छोरा विरेश दाहाललाई जनही १ वर्ष ६ महिना कैद तथा १५,१५ हजार जरिवाना असुल गर्नेगरि फैसला सुनाएको हो ।

त्यसैगरि ७८ वर्षिय शिव प्रसाद दाहाल र त्रियुगा नगरपालिका–६ का दिपेन्द्र चौधरीलाई ९–९ महिना कैद र जनही १० हजारका दरले जरिवाना गर्ने फैसला भएको श्रेस्तेदार राज कुमार आचार्यले बताए । अदालतले यस अघि उक्त घटनामा जोडिएका १० जनालाई भने सफाई दिएकोछ ।

कसुरदारहरुले त्रियुगा नगरपालिका –२ मोतिगडास्थीत साविकको गाईघाट १ ख कित्ता न.७०१ को ७ कठ्ठा १९ धुर जग्गा नेपाल ढंगोललाई १ करोड २७ लाख २० हजार रुपैयामा विक्री गरेका थिए । उक्त जग्गा सगरमाथा लोकमार्ग अन्तर्गत परेको तर कित्ताकाट नभएकोले उनीहरुले ठगी गरेको भन्दै प्रहरीले ठगी मुद्दा चलाएको थियो ।

सडक आयोजनाले तत्कालिन अवस्थामा सडकको नाममा लागत कट्टा गर्न मालपोत र नापी कार्यालयलाई पत्रचार गरेपनि कर्मचारीले लगत कट्टा नगरेकोले योजना बद्धढंगले राजमार्गको जग्गा विक्री हुन गएको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.