Websoft University

भारतले सार्वजनिक गरेको नक्सा विरुद्ध नेविसंध र अनेरास्ववियले भारतिय दूतावास अगाडि विरोध प्रदर्शन गरे


काठमाण्डौ कार्तिक २२ गते । रातो तारा डट कम,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले भारतले कालापानी, लिपुलेक लगायतको नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको छ । 

आज बिहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा विद्यार्थीहरुले लैनचौरस्थित भारतीय दूतावास धर्ना दिनुका साथै प्रदर्शन
गरे । अस्कल क्याम्पसबाट सुरु भएको जुलुस लैनचौर पुगी एक घण्टाको धर्नापछि कोणसभामा परिणत भएको थियो ।  अनेरास्ववियुका सचिब आरसी लामिछानेले भारतले नेपाली भूमि समेत आफ्नो बनाइ सार्वजनिक गरेको नक्साको बिरोधमा निरन्तर आन्दोलन गर्ने जानकारी दिनुभयो ।

सचिब लामिछानेका अनुसार अनेरास्वियुले पर्सि आइतबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाइ भेटेर ध्यानाकर्षण पत्र बुझाउने छ भने त्यसको भोलीपल्ट संयुक्त राष्ट्रसंघको नेपाल स्थित कार्यालयलाइ पनि ध्यानाकर्षण पत्र बुझाउने छ । राष्ट्रियताको मुद्धामा सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता भएकाले नेपाल विद्यार्थी संघ लगाएत अन्य दलका विद्यार्थी संगठन संग मिलेर संयुक्त आन्दोलन गर्ने बारेमा पनि छलफल भइरहेको नेता लामिछानेले बताउनुभयो । 

धर्नामा रहेका विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक र कालापानी हाम्रै हो’, ‘नेपालको भूमि मिच्न दिँदैनौँ’, ‘भारतीय विस्तारबाद मूर्दावाद’ लगायतका नारा लगाएका थिए । आन्दोलनमा विद्यार्थी नेताहरुले नेपालको भूमि एक इन्च पनि मिच्न नदिने भन्दै सीमा मिचिएको विषयलाई अन्तराष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् । आजै प्रतिपक्षी नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंधले पनि दूतावास अगाडि विरोध प्रदर्शन गरेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.