Websoft University

नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ


काठमाण्डौ कार्तिक २२ गते । रातो तारा डट कम, स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई बीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । तीनवटा मोटरसाइकलमा रकम लिएर भारत रक्शौलबाट बीरगञ्ज आउँदै गरेका उनीहरुमाथि प्रहरीले गरेको जाँचका क्रममा रकम सहित फेला परेका हुन् । 
बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोक नजिक बीआर ५ एस ३७९२, बीआर ५ बी १४४४ र बीआर ६ एआर ३७८९ नं.को मोटरसाइकलसहित भारत बिहार सुगौली बजार बस्ने वर्ष २२ को बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने वर्ष २६ को सुधिर कुमार र र सोही ठाउँका वर्ष ३० को सहिद आलम पक्राउ परेका प्रहरीले जनाएको छ । सो रकम हुण्डी कारोबारमा प्रयोग गर्न ल्याइएको प्रहरीको अनुमान छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.