Websoft University

उप निर्वाचनमा धरान वासिको उस्तै छ उत्साह


नवराज विष्ट.धरान रातो तारा डट कम,धरान–८ की सन्ध्या शाक्य शनिबार बिहानै स्कुटी लिएर घरबाहिर निस्किइन् । उमेर मिल्ने सात–आठ जना सङ्गी पनि भेला भए । हिना अन्सारी र सानु राई पनि सँगै आए । सलमा शाक्य र रक्षा शाक्यले पनि धरान– ८ मा हुने नेकपाको चुनावी घरदैलो अभियानमा जाने चांजोपांजो मिलाए । स्कुटीमा सूर्य चिह्न अङ्कित ध्वजा फहराउँदै उनीह? धरान सभागृह पछाडि भेला भए । नेकपाका उम्मेदवार प्रकाश राईको पक्षमा मत माग्न उनीहरू पनि सर्वसाधारणसँग हात जोड्दै थिए ।

राजनीतिलाई ‘फोहोरी खेल’ को संज्ञा दिँदै आलोचना गर्ने युवा जमात अहिले बढ्दो छ । ‘देशमा रोजगारको अवस्था भएन’, ‘विदेशिनु प¥यो’ भनेर युवाहरुको गुनासो बढिरहेको छ । ‘सूर्य चिह्न’मा छाप लगाउनुहोस है’ भन्दै नेकपाका उम्मेदवार प्रकाश राईलाई जिताउन भोट माग्न हिंडेकी सलमा शाक्यको गुनासो पनि यस्तै छ । तर पनि राजनीतिबाटै परिवर्तन सम्भव छ, मात्र सही उम्मेदवारलाई जनताले छान्न सक्नु पर्ने धारणा उनी राख्छिन् ।

‘वर्तमान सरकारले ‘अध्ययन गरेको सर्टिफिकेट राखेर विद्यार्थीलाई ऋण दिने’ प्रावधान ल्याएको छ, बेरोजगार युवालाई रोजगारीको प्रवाहमा ल्याएको छ, तर सबै विद्यार्थी यसबाट लाभान्वित हुन सकेका छैनन्’, सलमा गुनासो गर्छिन्, ‘हामीजस्ता रोजगार नपाएका युवालाई सरकारले सम्बोधन गर्ने प्रयास गरेको छ तर सबै लाभान्वित होउन् भन्ने हाम्रो आग्रह छ ।’ उनी थप्छिन्, ‘त्यसैले पनि सही उम्मेदवारको प्रोत्साहन आवश्यक छ ।’

सरकारका सकारात्मक प्रयासलाई युवाले प्रसंशा गर्नुपर्ने र नयाँ कामका लागि प्रोत्साहित गर्नुपर्ने धारणा राख्छिन्, सलमा सलमाको मात्र होइन हिना अन्सारीको धारणा पनि उस्तै छ । अल्पसङ्ख्यक, आदिवासी जनजाति र पछाडि परेका समुदायलाई पनि तीनै तहका सरकारले अवसरको पहुँचमा पु¥याउन भूमिका खेल्नुपर्छ । ‘युवालाई आर्थिक, सामाजिक, राजनीतिक अवसरसँगै रोजगारको व्यवस्था गर्नुपर्छ, यो चुनौतीपूर्ण काम हो,’ हिना भन्छिन्, ‘त्यसैले पनि हामीले योग्य उम्मेदवारलाई विजयी बनाउनुपर्छ ।’

सन्देश लिम्बू धरान–८ कै ग्रिल मजदुर हुन् । उनी विचारका दृष्टिले नेकपासँग आस्था राख्छन् । यस पटक झन् उनी मतदान गर्न उत्साहित छन् । प्रकाश राई जस्तो योग्य व्यक्तिलाई नेकपाले उम्मेदवार छनोट गरेकामा उनी खुसीछन् । ‘विचारमा दरिलो, जुझारु व्यक्तिलाई पार्टीले उम्मेदवार बनाएको छ, म सबैलाई सूर्य चिह्नमा मतदान गर्न आग्रह गर्छु,’ सन्देश भन्छन्, ‘नेकपा नेतृत्वका सरकारले गरेका राम्रा कामको प्रचार हुन सकेको छैन, विकासको लहर, रोजगारको अवस्था बढेको छ, युवा आफ्नै देशमा केही गर्न चाहन्छन्, युवाका लागि सरकारले केके गरेको छ त्यसको खोजी गर्ने र सर्वसाधारणामा लाने काममात्र भएको छैन,बाँकी सरकारले गर्नुपर्ने काम गरेको छ ।’

घरदैलो अभियानमा युवा, प्रौढ, ज्येष्ठ नागरिक सबैको सहभागिता थियो । उमेरले पाका अम्बरबहादुर बिक हातमा सूर्य अङ्कित झण्डा बोकेर हिंडिरहेका देखिए । नेकपाका उम्मेदवारलाई भोट माग्न हिंडेका उनी भन्दै थिए– ‘के गर्नु बाबु वृद्ध भत्ता दिने पार्टी यही हो, अहिले त बढाइदिएको पनि छ, भोट पनि यसैलाई त दिनु प¥यो नि ।’ उनी यो अवस्थासम्म आइपुग्दा कुनकुन पार्टी आए, कसोकसो गरे भन्न चाहँदैनन् ।
तर मनमोहन अधिकारीलाई भने चिन्छन् . भन्छन्, ‘मनमनले त दिएको हो नि भत्ता..... अहिले केपी ओलीले बढाइदिएको छ ।’ धरानका दिवंगत मेयर पनि सम्झन्छन् उनी ।

 ‘राम्रा मान्छेलाई चाँडै भगवान्ले बोलाउँदा रहेछन्, भावुक हुँदै अम्बरबहादुर भन्छन्, ‘ताराको सपना प्रकाशले पूरा गर्छ ।’ धरानमा दिवंगत तारा सुब्बालाई विकासप्रेमी र धरानका भाग्य र भविष्य निर्माण गर्ने नेताका रुपमा हेरिएको थियो । तर रोगका कारण उनको असामयिक निधनले धरान नेतृत्वविहीन छ । उपनिर्वाचनमार्फत् धरान उपमहानगरपालिकामा प्रमुख पदका लागि निर्वाचन हुँदैछ । नेकपाकातर्फबाट उम्मेदवारका रुपमा अघि सारिएका प्रकाश राईलाई सुब्बाको सपना पूरा गर्ने नेता र उत्तराधिकारीका रुपमा हेरिएको छ ।

यसैले पनि प्रकाश राईको पक्षमा सूर्य चिह्नमा अत्यधिक मत आउने आँकलन गरिएकोछ । ‘जनताको भावना बुझ्नुपर्छ, जिताउन हामी लागि पछौैं, नगरको विकास, जनताको चाहना र समृद्धिको बाटोमा अघि बढ्ने उम्मेदवारलाई सबैले भोट दिन्छन् ।’ स्थानीय नरमाया लिम्बू उम्मेदवारलाई जनअपेक्षाअनुसार काम गर्न आग्रह गर्छिन् । स्थानीय यमकला मग्राती पनि दिवंगत मेयर तारा सुब्बाको नगर निर्माणको सपना साकार पार्न समेत प्रकाश राईलाई जिताउन आवश्यक रहेको बताउँछिन् ।

‘सरलभाषी, धरानका समस्यासँग परिचित नेता हुनुहुन्छ, प्रकाश राई, उहाँले नगरवासीको अपेक्षालाई कार्यान्वयन गर्नुहुन्छ भन्ने ठूलो विश्वास छ ।’ यमकला भन्छिन् । मंसिर १४ गते नगर प्रमुख तथा धरान–७ का वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा जनअपेक्षा र उत्साह उस्तै देखिन्छ । निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न विभिन्न राजनीतिक दल भोट माग्न घरदैलो, कोणसभालगायतका कार्यक्रम गर्दैछन् । घरदैलोमा आउने उम्मेदवारलाई जनताले ‘भोट दिउँला’ मात्र भनेका छैनन् ।

उनीहरुलाई स्याब्बासी मात्र दिएका छैनन् । सल्लाह सुझाव पनि दिएका छन् । कसैले सडक बिग्रिएका छन्, बनाउनुहोस् भनेका छन् । कसैले पानीको समस्या देखाएका छन् । धरान–८ का गोपाल जिमी याख्खाले विकास र समृद्धिको चाहना जनतामा रहेकाले उम्मेदवारले जनविश्वासअनुसार काम गर्नुपर्ने सुझाव दिएका छन् । विकृति सुधार गरेर अघि बढ्न उम्मेदवारलाई सुझाएका छन् । याख्खा भन्छन्,‘प्रकाश राई गुनासो सुन्न सक्ने योग्य उम्मेदवार भएकाले भोट उनैलाई दिए पनि जनताको भावनालाई उनले अझै दुई गुना बुझ्नुपर्छ ।’

सन्जोग पाख्रिनले धरानको विकास हुनुप¥यो भनेका छन् । खेल जगतमा ध्यान दिँदै युवालाई रोजगारीतर्फ अघि बढाउन नगरले पहल गर्नुपर्ने बताएका छन् । ‘धरान सरकारले बरु करको दायरा बढाओस् तर यातायातलगायतको क्षेत्रमा लिएको अत्यधिक करलाई घटाउने काम गरोस्’ सन्जोग भन्छन्,’ स्थानीय सरकारले आधारभूत प्रयास गरिरहेको भए पनि त्यसलाई कसरी व्यवहारिक बनाउने हो, त्यसतर्फ ध्यान दिनुपर्छ, प्रकाश राईले त्यसबारे सोच्नु हुन्छ भन्ने अपेक्षाछ, उहाँजस्तै व्यक्तिलाई हामी युवा व्यवसायीको पनि भोट
जान्छ ।’

यता स्थानीय लोकबहादुर गजमेर भने कर्मचारीबाट जनताले दुःख पाउन नहुने धारणा राख्छन् । र, उम्मेदवारलाई पनि सेवाप्रवाह सहज तरिकाले सञ्चालन गर्नगराउन सल्लाह दिन्छन् । बलिन्द्र बराइली धरानको सुकुम्बासी समस्यालाई उचित समाधानगर्न आग्रह गर्छन्।. सरकारी, खाली जग्गाको पहिचान गरी सुकुम्बासी समस्या समाधान गर्नुपर्ने उनी बताउँछन् । धरानका विभिन्न स्थानमा कोणसभा गर्दै नेकपा जनताका सामु घरदैलो अभियानमा सूर्य चिह्न बोकेर निस्किएको छ । धरानेको सल्लाह, सुझाव र मतदानका आस्वासनका बीच उपनिर्वाचनको उत्साह साविकजस्तै नै देखिन्छ । गणितीय हिसाबमा नेकपाको जित सुनिश्चित देखिन्छ । तर पनि विपक्षीलाई कम आँक्न नमिल्ने उम्मेदवार प्रकाश राई बताउँछन् ।

‘नागरिकले हामीलाई विश्वास गर्नुभएको छ, सदाजस्तै सूर्य चिह्नमा छाप लगाई हामीलाई जनादेश दिनुहुन्छ’ उम्मेदवार प्रकाश राई भन्छन्, ‘यो हामी जनताबीच जाने दुःख, सुख बुझ्ने अवसर पनि हो यसर्थ हामी नागरिकमाझ जाँदैछौं, अहिलेसम्म हाम्रो काम र आगामी दिनमा गर्नुपर्ने काम केके हो त्यो पनि बुझिरहेकाछौं । ‘नेकपाको जित सुनिश्चित’ धरानमा मतदाताको सङ्ख्या ९२ हजार ८ सय ५३ छ । स्थानीयतह निर्वाचन यता धरानमा १३ हजार ५ सय ७१ जना बढी मतदाता थपिएको छ । २०७४ को स्थानीय तह निर्वाचन ताका धरानको मतदाता संख्या ७९ हजार २ सय ८२ थियो ।

२०७४ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचन यता धरानमा मात्र १३ हजार बढी मतदाता संख्या थपिएको छ । २०७४ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा ७०हजार २ सय ८२ मतदाता मध्ये ५३ हजार ५ सय ४७ मत खसेको थयो । यो कुल प्रतिशतमा ६७.५४ प्रतिशत हो । खसेको मतमध्ये पनि ५२ हजार ४ सय ५४ मत मात्र सदर भएको थियो । सदर मतको प्रतिशत भने ९७.९६ प्रतिशत थियो । खसेको मतमा १०९२ मत वदर भएको थियो । यो वदर मत प्रतिशत २.९४ प्रतिशत हो ।

खसेको सदर मतमध्येबाट तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बाले २० हजार ९ सय७५ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार तिलक राईले १६ हजार १ सय २ मत पाएका थिए । यस्तै, संघीय समाजवादीसँग गठबन्धन गरेको माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ११ हजार १ सय ८० मत पाएर तेस्रो स्थानमा रहेका थिए ।

स्थानीय तहको चुनावमा एमाले र कांग्रेसबीचको मतान्तर ४ हजार ८ सय ७३ थियो । अहिले एमाले र माओवादीबीच एकता भएको छ । एकतापछि नेकपाको मत ३१ हजार भन्दा बढी हुन्छ । दुई पार्टीबीचको मतान्तर जोड्दा १६ हजार ५३ पुग्छ । यसर्थ पनि नेकपाको जित सुनिश्चित भएको विश्लेषक बताउँछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.