Websoft University

नेकपाको उम्मेद्धवारसँग प्रत्यासी उम्मेद्धवारको जम्काभेट–उम्मेद्धवारको घरदेैलो कार्यक्रमले धरान ततायो,


सुनसरी कार्तिक २४ गते । रातो तारा डट कम,धरान यतिवेला आगामी मंशीर १४ गते हुने उप निर्वाचनले ताएको छ । राजनीतिक दलका उम्मेद्धवारको घरदेैलो अभियानले धरानलाई चुनावमय वनाएको छ । घरदैलो अभियानमा प्रतिद्धन्द्धी दलका उम्मेद्धवारहरुको जम्काभेटले पनि उप निर्वाचनको महोलले थप चर्चा पाउन थालेको छ । घरदैलो एउटै वडामा एकै पटक परेपछि दलका उम्मेद्धवार आमने सामने भई शुभकामना साटासाट गर्दैछन् ।

केही दिन अघि मात्रै धरानको वडा नम्बर ६ मा नेपाल कम्युष्टि पाटी(नेकपा) का मेयर पदका उम्मेद्धवार प्रकाश राई र नेपाली काँग्रेसका तिलक राई आमने–सामने भएर अंकमाल गरेका थिए । सन्चार माध्यम र सामाजिक सन्जालमा अंकमाल गरेको तस्वीर भाइरल भएको थियो । आज(आइतबार) पनि धरान उपमहानगरपालिका वडा नम्बर १५ मा नेकपा उम्मेद्धवार प्रकाश राईसँग प्रत्यासी उम्मेद्धवार संघीय समाजवादी पाटी नेपालका गजेन्द्र इस्वोसँग आमने–सामने भई शुभकामना साटा–साटा गरेका छन् ।

नेकपाका उम्मेद्धवार राई आइतबार घरदैलो अभियानका क्रममा समाजवादीका उम्मेद्धवार इस्वोको घरमा पुगेका थिए ।.उनीहरु एक आपसमा शुभकामना आदान प्रदान गरे । इस्वोलाई नेकपाका कार्यकर्ताले नेकपा प्रवेश गर्न आग्रह गर्दै भोट मागेका थिए । घरदैलो अभियानमा पुगेका उम्मेद्धवार र कार्यकर्तावीच इस्वोले आफु पनि कुनै समय नेकपामा आस्था राख्ने बताउँदै ढिलो छिटो एक हुन सक्ने संकेत गरेका थिए । 

त्यसैगरि नेपाली काँग्रेसका उम्मेद्धवार तिलक राईसँग पनि आज दोश्रो पटक जम्काभेट भएको छ । घरदैलोका क्रममा नै उनीह?वीच जम्काभेट भएको थियो भने एक अर्कामा हात मिलाएर शुभकामना आदान प्रदान गरे । धरानमा उप निर्वाचनको उम्मेद्धवार नेपाली कम्युष्टि पाटी(नेकपा) को मेयर पदको उम्मेद्धवार प्रकाश राई र नेपाली काँग्रेसका उम्मेद्धवार तिलक राई चुनाबी घरदैलो अभियानमा अंकमाल गरेर भाइरल वनेका थिए ।

.मंशीर १४ गते उप निर्वाचनको लागि नेकपाको घरदैलो अभियान तीव्र रहेको छ । यसअघि नेकपाले वडा नम्बर ४,२०,५,६ र ८ नम्बरमा उम्मेद्धवार सहित घरदेैलो सम्पन्न गरिसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.