Websoft University

संचारकर्मी निश्चल कल्पनाको "करेन्ट लाग्छ" सार्वजनिक


काठमाण्डौ कार्तिक २४ गते । रातो तारा डट कम,बिगत लामो समय देखि संचार माध्यम संग आबद्ध रहेर रेडियो मार्फत आफ्नो वाक क्षमता र कुशल आवाजले श्रोताको मनमा बस्न कुसल संचारकर्मी निश्चल कल्पनाको परिचय संचारकर्मी मात्र हैन उनि कुशल गीतकार पनि हुन् र यिनै कुशल संचारकर्मी तथा गीतकार निश्चल कल्पनाको शब्दमा नयाँ गीत " करेन्ट लाग्छ " लाग्छ सार्वजनिक भएको छ।  रुपक डोटेल र मनिषा पोखरेलको स्वर रहेको गीतलाई केबी भण्डारीले संगीत संयोजन गरेका छन।


गीतकार कल्पनाको यस अघि पनि थुप्रै गीत सार्वजनिक भैसकेको छ जसमध्य गायक मनोज राजको स्वारमा रहेको   "प्रिय तिम्रो" बोलको गीत  'तिम्रो न्यानो अङ्गालोमा..." अन्जु पन्तको र "छुट्यो भेट"  नरेन्द्र प्यासीको आवाजमा जस्ता गीतहरु चर्चित छन्  र यिनै चर्चित गीत लेख्नु भएको गीतकार तथा संचारकर्मी कलापनाको "करेन्ट लाग्छ " एक कार्यक्रमका बीच राजधानीमा पत्रकार सम्मलेन गरि सार्वजनिक गरिएको छ।


 ओ एस आर युटुब च्यानल मार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमा राम्रो प्रतिक्रिया पाएको छ। गीतको भिडियो लाई आदित्य बुढाथोकीले निर्देशन गरेका छन्  , प्रसान्त तामाङ्गको कोरियोग्राफी रहेको भिडियोमा राज बस्नेत ,बिनु शाक्य र करण शाह लाई फिचर गरिएको छ ।  मुकेश हुमागाईले छायांकन गरेको यस भिडियोको सम्पादन भने प्रकास एस के ले गरेका छन्। गीतलाई सोफिया बज्राचार्यले निर्माण गर्नुभएको हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.