Websoft University

प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्ने तयारी गर्नु हुदै,


काठमाण्डौ कार्तिक २४ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फेरबदल गर्ने गृहकार्य सुरु गर्नुभएको छ । केही समय यता प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्ने तयारी गरेको भएपनि निर्णय भने हुन सकेको छैन । 
कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्री फेर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लाग्नुभएको मन्त्रीपरिषदकै सदस्यले बताउनुभएको छ । तर, औपचारिक निर्णय भने हुन सकेको छैन । मन्त्रीको हेरफेर गर्नुअघि प्रधानमन्त्रीले आफ्नै सचिवालय र सल्लाहकार समेत फेर्ने तयारी गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले सल्लाहकार र सचिवालयका अधिकांश सदस्यलाई बोलाएर राजीनामा दिन शुक्रबार निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीको निर्देशनपछि राजनीतिक, परराष्ट्र, प्रेस, प्रविधि सल्लाहकार लगायतले राजीनामा दिइसकेका बताइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.