विराटनगर । रातो तारा डट कम,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विराटनगरको नोवेल मेडिकल कलेजसहित तीन मेडिकल कलेजमा छापा मारेको छ ।
मेडिकल शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुगँग सरकारले तोकेको भन्दा बढि शुल्क लिएर ठगी गरिरहेको नोवेल मेडिकल कलेजसहित तीन मेडिकल कलेजमा छापा मारेको हो ।
आज अपरान्ह विभागबाट खटिएर आएको तीन जनाको टोलीले नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ । ती कलेजमा छापा
मार्ने क्रममा विद्यार्थी भर्ना सम्बन्धी सम्पूर्ण विवरणसहित महत्वपूर्ण कागजात र विद्युतीय विवरणहरु नियन्त्रणमा लिएको कलेज स्रोतले जनाएको छ ।
मार्ने क्रममा विद्यार्थी भर्ना सम्बन्धी सम्पूर्ण विवरणसहित महत्वपूर्ण कागजात र विद्युतीय विवरणहरु नियन्त्रणमा लिएको कलेज स्रोतले जनाएको छ ।
नोवेल मेडिकल कलेज विराटनगर कांग्रेस नेता शुनिल शर्माको कलेज हो । उनी यसअघि कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको लागि मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवार थिए । त्यस्तै नेशनल मेडिकल केलज सत्तारुढ नेकपाका नेता बसरुद्धिन अन्सारीले चलाउदैं आएका छन् । उनी स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेको तर्फबाट वीरगञ्जमा मेयरको उम्मेदवार दिएका थिए । चितवन मेडिकल कलेज कांग्रेस निटक प्रा डा हरिशचन्द्र न्यौपानेले चलाउदैं आएका छन् । । विभागले मेडिकल कलेजको ठगीका विषयमा विद्यार्थीहरुसँग पनि आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ ।
सरकारले तोकेकोभन्दा १५ लाखसम्म बढी रकम असुलेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरे पछि बढि रकम फिर्ता गर्न सरकारले भनेको थियो तर उनीहरुले नमाने पछि सरकार एक्सनमा उत्रिएको हो ।
नोवेल मेडिकल कलेजमा छापा मार्नुअघि विभागबाट खटिएर आएको अनुसन्धान टोलीले कलेजका सञ्चालक सुनिल शर्मासँग पनि भेटेर विभिन्न जानकारी लिएको थियो । केही बेरको भेटघाटपछि अनुसन्धान अधिकारीहरुले आवश्यक कागजपत्र र विवरणहरु नियन्त्रणमा लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै विद्यार्थीहरुबाट अतिरिक्त रकम अशुलेर फिर्ता नगर्ने मेडिकल कलेजहरुलाई छुट नदिने भन्दै चेतावनी दिएको केही मिनेटमै विभागले ती मेडिकल कलेजमा एकसाथ छापा मारेको हो ।
विराटनगरको नोवल मेडिकल कलेजले विद्यार्थीहरुबाट अशुलेको करिव ५३ करोड रुपियाँ फिर्ता गर्न बाँकी छ । कलेजले विद्यार्थीबाट चिकित्साशास्त्रका विद्यार्थी भर्नामा ४२ लाख रुयैयाँ लिनुपर्नेमा ४९ लाख ५० हजार रुपैयाँ असुलेको थियो । बढि रकम फिर्ता गर्न दवाव दिने शिक्षामन्त्रीलाई मन्त्रीबाटै हटाइदिने नोवल मेडिकल कलेजका सञ्चालक शर्माले धम्की दिएका थिए । शिक्षामन्त्रीले भने १५ दिनभित्र बढि शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगी मुद्दामा कार्वाही चलाउने चेतावनी दिएका थिए ।
Post a Comment