Websoft University

इन्द्रपुर जेसीजले गर्यो वृक्षरोपण कार्यक्रम

शिव भट्टराई, मोरङ मंसिर २ गते । रातो तारा डट कम,इन्द्रपुर जेसीजले सोमबार बिहान वृक्षरोपण कार्यक्रम गरेको छ । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ९ कालीखोलास्थित नौ धारा मुहानको पोखरी आसपास विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको जेसीज सप्ताह मूल आयोजक समितिकी संयोजक बिना सुवेदीले बताइन् ।

वृक्षरोपण कार्यक्रमको प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रमणि राईले समाजमा स्थापित यस्ता संस्थाले राज्यको ध्यान नपुगेको ठाउँमा पनि गतिविधि गर्दा सार्थक ढ्ङगले समाज विकासको लागि योगदान पुगेको राईले चर्चा गरेका थिए । ‘हरियो वन नेपालको धन’ भनाइमा मात्र सिमित रहेको बताउँदै जङ्गल मासिँदै गएकोप्रति वृक्षरोपण गरी हरित नगरमा बनाउन सबै चनाखो भई लाग्नुपर्ने बताएका छन् । वृक्षरोपणजस्तो महत्वपूर्ण कार्यक्रम गरेकोमा जेसीजलाई धन्यवाद समेत दिएका थिए ।

आज भएको वृक्षरोपणमा एक सय बिरुवा रोपिएको वृक्षरोपण कार्यत्रमकी संयोजक पार्वती गच्छदारले बताइन् । रोपिएका केही बिरुवा दिपेश नर्सरीबाट निःशुल्क प्राप्त भएको र केही बिरुवा किनिएको आयोजकले जनाएको छ । जेसीज सप्ताह मंसिर ७ गते समापन हुने भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.