Websoft University

स्व. महेन्द्र गोल्छाको आज १० औं वार्षिक स्मृतिमा


बिराटनगर मंसिर २गते । रातो तारा डट कम,संगठनका पूर्व अध्यक्ष्ँ स्व. महेन्द्र गोल्छाको १० औं वार्षिक स्मृतिमा उद्योग संगठन मोरंगको हाता भित्र अवस्थित स्व. गोल्छाको शालिकमा उद्योग संगठन, मोरंगका अध्यक्ष भीम घिमिरे विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरंग व्यापार संघका अध्यक्ष्ँ प्रकाश मुन्दडा, संगठनका पूर्व अध्यक्ष्ँ, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरुका साथै उद्योगी÷व्यवसायीहरुले पुष्पगुच्छा एवं मल्र्यापण गर्नु भयो ।

१० औं स्मृतिमा संगठनका अध्यक्ष भीम घिमिरेले स्व. महेन्द्र गोल्छा शालिन र उद्योगी÷व्यवसायीका लागि प्रेरणाको श्रोत भएको बताउनु भयो । अध्यक्ष्ँ घिमिरेले स्व. गोल्छा औद्योगिक समस्या समाधानमा सदैव सक्रिय रही व्यवस्थापन र मजदुरका बीच सुमधुर सम्बन्ध स्थापना गर्न सदैव सफल व्यक्तित्वका रुपमा रहेको स्मरण गर्दै उहा“को कमी अपुरणीय रहेको बताउनु भयो ।

उहा“ले स्व. महेन्द्र गोल्छा राष्ट्र कै उद्योग÷व्यवसाय क्षेत्रमा पु¥याउनु भएको योगदान चीर स्मरणिय रहने कुरा बताउनु हु“दै उहा“ले आर्थिक क्षेत्रको विकास लागि उठाएका कुराहरु सान्दर्भिक भएको बताउनु भयो । साथै स्व. गोल्छाले संगठनको विकास विस्तार र संगठनको उत्थानमा पु¥याउनु भएको योगदान कै कारण सगठन पूर्वाञ्चल कै नीजि क्षेत्रको प्रतिनिधि मूलक र अग्रणी संस्थाको रुपमा स्थापना हुन सफल भएको स्मरण गर्नु भयो ।

१० औं स्मृतिमा महानगरपालिकाका प्रमुख भीम पराजुली, संगठनका अध्यक्ष्ँ, पूर्व अध्यक्ष्ँ, वरिष्ठा उपाध्यक्ष्ँ, उपाध्यक्ष्ँहरु, कोषाध्यक्ष्ँ, कार्यकारिणी समिति सदस्यहरु, महिला उद्यम समितिका सदस्यहरुले कोशी अञ्चल अस्पतालका शैयामा रहेका करिव तीनसय विरामीहरुलाई फलफूल वितरण गर्नुका साथै अशोक चोक स्थित विराटेश्वर वृद्धा आश्रममा खाद्यान्न वितरण गरी त्यहा रहनु भएका अडचालिस वृद्धहरुका लागि सहभोज गर्नु भएको थियो । 

स्मृति कार्यक्रमका संयोजक सुवोध कोईरालाले १० औं स्मृतिमा मंसिर महिनाको २७ गते शुक्रवार अन्तर उच्च माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताका आयोजना गरिने जानकारी गराउनु भयो ।

स्मृति कार्यक्रममा संगठनका पूर्व अध्यक्ष्ँ शिवशंकर अग्रवाल, निवर्तमान अध्यक्ष्ँ मुकेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष्ँ सुयष प्याकुरेल, उपाध्यक्ष्ँ प्रदीप मुरारका, राकेश सुराना, कोषाध्यक्ष्ँ नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, संजय अग्रवाल, तारानाथ निरौला, विपिन कावरा, विनोद पौडेल, ईन्द्र खत्री, प्रतिभा रिजाल ओली, महिला उद्यम समितिका सदस्यहरुको लगायतको सहभागिता रहेको थियो ।

२०७६ मंसिर ०२ गते, सोमवार
विराटनगर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.