Websoft University

हुलाकी मार्ग राजमार्गको रंगेली खण्डमा डोजर चल्यो


विराटनगर । रातो तारा डट कम,मोरङको रंगेली बजार क्षेत्रमा सडक विस्तारको क्रममा पर्ने घरमा स्काइभेटर लगाएर नगरपालिकाले भत्काएको छ । विराटनगर– रंगेली हुँदै झापा जोड्ने हुलाकी मार्ग अन्तर्गत पर्ने रङ्गेली बजार क्षेत्रको घर भत्काउन रंगेली नगरपालिकाले सोमबार स्काइभेटर चलाएको हो ।
नगरपालिकाले सडक क्षेत्रमा पर्ने घरहरू हटाउन पटक–पटक जारी गरेको सूचनालाई अटेरी गरेको भन्दै स्काइभेटर प्रयोग गरि घर भत्काएको हो । सडक विस्तारको क्रममा रङ्गेली बजारमा पर्ने मङ्गलचन्द अग्रवालको घरमा नगरपालिकाले डोजर लगाएर हटाएको
छ। नगरपालिको पटक पटक सूचना जारी गरि सडक क्षेत्रमा पर्ने घरहरू हटाउन गरेको आग्रहलाई बेवास्था गरेपछि बाध्य भएर हटाउनु परेको रङ्गेली नगरपालिका प्रमुख दिलिप बगडियाले जानकारी दिए । ‘सडक क्षेत्रमा परेको घरको सामानहरू सुरक्षीत स्थानमा लगेर हामीले सडकमा पर्ने घर खाली गरेका हौं,’ उनले भने, ‘घर भित्र रहेको सामानमा कुनै क्षति हामीले पु¥याएको छैन् ।’ नगरपालिकाले अग्रवालको घर हटाउन दुई वटा स्काइभेटर प्रयोग गरिएको थियो ।
विराटनगर झापा हुलाकी मार्गअन्तर्गत रङ्गेली क्षेत्रको करिब साढे ७ किमि सडक सय फिट चौडा निर्माण सुरु भएको छ । यो काम २ वर्षभित्रमा सम्पन्न हुने छ । यो क्षेत्रमा पर्ने सय वर्ष पुराना ८७ घर भत्कँदै छन् । अहिले सम्म ८० घर सम्बन्धित धनीले स्वतःस्फूर्त भत्काइसकेको प्रमुख बगडियाले बताए । ‘विकासले गतिले अगाडी बढाएको भन्दै यहाँका स्थानियले स्वतःस्फूर्त घर भत्काउन सुरु गरेका छन्,’ रङ्गेली नगरपालिका प्रमुख बगडियाले भने, ‘नगरपालिको पटक पटक सडक क्षेत्रमा पर्ने घर हटाउन जारी गरेको सूचनालाई अटेरी गर्नेको मात्र घर भत्काएका छौं ।’ २०३४ मा विराटनगर, रंगेली रभद्रपुरसम्मको सडकलाई सहायका मार्गमा वर्गीकरण गरी उक्त सडकको केन्द्र विन्दुवाट दायाँ–बायाँ १५÷१५ मिटर चौडा गर्ने राजपत्रमा प्रकाशित भएको थियो ।
विस १९७१ मा रंगेलीबाट मोरङको सदरमुकाम विराटनगर सारेपछि रंगेलीको विकास सुस्ताउदै आएको थियो । सहरी विकास अन्तर्गतको पूर्वपश्चिम क्षेत्रको विराटनगरदेखि झापाको भद्रपुरसम्मको करिब ८२ किमि हुलाकी सडक निर्माणका लागि ४ अर्ब ८० करोडको लागतमा विभिन्न खण्डमा ठेक्का प्रक्रिया पूरा भएको छ । विराटनगरदेखि झापाको गौरिगन्जसम्मको हुलाकी सडक निर्माणका लागि पीएस गजुरमुखी मोतीदान जेभी बानेश्वर, मैनाचुली जेभी भक्तपुर, श्रेष्ठ कन्स्ट्रक्सनलगायत आधा दर्जन बढी कम्पनीले ठेक्का पाएका छन् । ठेक्का पाएका कम्पनीले झापा खण्डको करिब ४० किमि खण्ड निर्माणका लागि १ अर्ब ४२ करोड ८३ लाखमा ठेक्का लिएका छन् । त्यसैगरी मोरङ खण्डको ४२ किमि निर्माणका लागि २ अर्ब ७५ करोड ६८ लाखमा ठेक्का लिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.