Websoft University

जटील प्रकारका गर्भवती शल्यक्रिया उपचार सुचारु


श्याम राई-गाइघाट मंसीर २ गते । रातो तारा डट कम,जिल्ला अस्पताल उदयपुरमा  एक वर्ष देखी रोकीएको जटील प्रकारका गर्भवती शल्यक्रिया उपचार सिजरियन सेम्सन (सिएस) सूचारु गरिएको  छ । स्त्री रोग विशेषज्ञ  सरुवा भएर आएसगै  उदयपुर अस्पतालले सोमबार देखी सेवा सूचारु गरेको हो । दक्ष चिकीत्सकको अभावमा २०७५ मंसीर देखी सिएस सेवा  वन्द रहदै  आएको थियो ।  सेवा वन्द हुदा विरामी चर्को मूल्य तिरेर नीजी क्लीनीक र जिल्ला बाहीर धरान, विराटनगर गएर सेवा लिन बाध्य थिए ।  
 
अस्पताल विकास समिती उदयपुरका अध्यक्ष एवं जिल्ला समन्वय समितीका संयोेजक खड्ग परियारले आइतबार  निर्णय गरेर सोमबार देखी सिएस सेवा सूचारु  गरीएको
बताए । रोग विशेषज्ञ डा. अमरेश कुमार  मण्डल सरुवा भएर अस्पतालमा आए लगत्तै सेवा पूःन संचालन गरीएको उनले बताए ।  जिल्ला अस्पताल उदयपुरमा दरबन्दी अनुरुप चिकित्सक नहुदा अरु सेवा हरु समेत प्रभावीत हुदै आएको 
छ । 
दरबन्दी अनुरुप चिकित्सकको व्यवस्था गर्न केन्द्र लाइ पटकपटक पत्रचार गरीएको उनले बताए ।  केन्द्र ले स्त्री रोग विशेषज्ञ मण्डलसहीत डा. जीव नारायण मण्डल, चन्दन गुप्ता र राकेस गिरी लाइ उदयपुर पठाएको छ । उनीहरु केही  दिन अघि  नै अस्पताल मा आएर काम गर्न थालीसकेका छन् ।  मेडिकल सुपरी टेन्डेन्ट पवन कुमार साह एक वर्ष अघि  सरुवा भएर अन्यत्र गएपछि  जिल्ला अस्पताल उदयपुरमा  सिएस सेवा  बन्द भएको थियो ।  अस्पताल ले उक्त सेवा संचालन गर्न  पटकपटक  केन्द् सग स्त्री रोग विशेषज्ञ पठाइदिन आग्रह  गरेको  थियो । तर एक वर्ष  पछि केन्द्र ले विशेषज्ञ चिकित्सक पठाएको  अस्पताल प्रशासनले जनाएको छ ।  
सिएस गरेवापत नीजी क्लीनिकले २५ हजार देखी ४० हजार रुपैया दिने गरेको छ । तर सरकारी अस्पतालमा विरामीले कूनै पनि स्ूाल्क तिर्नु पर्दैन । औषधी र सुत्केरी सामाग्रीसमेत विरामीले निशूल्क पाउने गरेको छन् ।  सरकारले  सिएस गरेबापत  प्रती विरामी ७ हजार ५ सय  रुपैया सरकारी अस्पताल लाई दिने गरेको छ ।  उक्त रकम मध्ये २ हजार रुपैया विरामी ले र बाकी रकम अस्पताल विकास समितीमा जम्मा हुने गरेको छ ।  

५ वर्ष अघि  २५ सैया बाट ५० सैया मा परीणत भएपछि जिल्ला अस्पताल उदयपुरमा पहिलो पटक सिएस सेवा शूरु गरीएको थियो । तत्कालीन मेसु. चुमनलाल दाश ले शूरु गरेको उक्त सेवा उनी सरुवा भएर अन्यत्रै गएसँगै रोकीएको थियो । रोकीएको सेवा पूःन ६ महिना पछि  अर्को  चिकीत्सक आए सगै शूरु भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.